भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, ८ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा ९ सकोलानस्थित ऐतिहासिक पालि फः फल्चा (पाटी) को एक समारोहबिच शिलान्यास गर्नुभयो । कुल ३९ लाख ५१ हजार ७९९ रूपैयाँको लागतमा पुनः निर्माण हुन लागेको उक्त फल्चा पुरानो नगरक्षेत्रको एक मात्र पालि फः फल्चा रहेको बताइएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले सम्पदा जनताको गहना र संसारकै जनताको साझा सम्पत्ति भएको बताउनुभयो । उहाँले सम्पदाको महत्व थाहा नहुँदा मूर्तिलाई ढुङ्गा ठानेर खेल्ने र रमाइलो गर्ने गरिएको तर सम्पदाको महत्व बुझेपछि संरक्षणमा लाग्न थालेको धेरैको अनुभव रहेको बताउनुभयो ।
भक्तपुरमा सम्पदा पुनः निर्माण तथा अन्य विकासका कार्यहरूमा स्थानीय जनताको सहभागितामा उपभोक्ता समिति गठन गर्दा कम लागतमा बलियो र मौलिक शैलीको संरचना बनेको र ती सम्पदाहरूको संरक्षण स्थानीय जनताबाट नै भएको उल्लेख गर्दै उहाँले देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू भक्तपुरका जनताको कार्यबाट प्रभावित भएको बताउनुभयो ।
भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीयवासीहरूसँग पटकपटक छलफल गरी मौलिक शैलीमा नै चुना सुर्कीको प्रयोगबाट उक्त फल्चा पुनः निर्माण गर्न लागिएको चर्चा गर्दै फल्चासँग जोडिएको संस्कृति र जीवनपद्धतिलाई पनि संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष एवं पूर्ववडाध्यक्ष विष्णुबहादुर मानन्धरले पालि फः फल्चासँग जोडिएको इतिहासको विषयमा जानकारी दिनुभयो । उहाँले जर्मन सरकारको सहयोगमा भक्तपुर विकास परियोजनाले अत्यन्त कमजोर ढङ्गबाट पालि फः फल्चा निर्माण गरिएको र त्यस विषयमा अग्रजहरूबाट गुनासो गर्दा सुनुवाइ नभएको चर्चा गर्दै अब स्थानीय जनताकै अग्रसरतामा बनाउन लागिएको उक्त पाटी बलियो र दीर्घकालसम्म टिक्ने बताउनुभयो ।
पूर्ववडाध्यक्ष ज्ञानसागर प्रजापतिले पाटी पौवा, मन्दिर, सत्तल, ढुङ्गेधारा आदि हाम्रो सभ्यताको परिचय भएको उल्लेख गर्दै पुर्खाले नासोको रूपमा छोडेर गएका संरचनाहरू मौलिक शैलीमै पुनः निर्माण गर्नु नयाँ पुस्ताको कर्तव्य भएको उल्लेख गर्नुभयो । सामूहिक काममा समाजको योगदान र अपनत्व हुने चर्चा गर्दै उहाँले भक्तपुरमा उपभोक्ता समितिमार्फत भएका सबै कार्यहरू उत्कृष्ट बनेको बताउनुभयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले पालि फः फल्चाको विशेषता र इतिहासमा सो पाटीको सांस्कृतिक महत्वको विषयमा प्रस्ट पार्नुभयो ।
कार्यक्रममा उपभोक्ता समितिका सचिव अष्टलाल मानन्धर र तुल्सीकाजी मानन्धरले पनि बोल्नुभयो ।
Leave a Reply