नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
नेपालीलाई नक्कली भुटानी शरणाथी बनाउने ३० जनाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जेठ १० गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । यो मुद्दामा नेकाका पूर्वउपप्रम बालकृष्ण खाण, एमाले (अगाडि माओवादी) का पूर्वउपप्रम टोपबहादुर रायमाझी, गृहसचिव टेकनारायण पाण्डेलगायतलाई प्रतिवादी बनाइएको छ । ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र सङ्गठित अपराधमा संलग्न भएको आरोपमा सबै प्रतिवादीलाई चार प्रकृतिका कसुर आकर्षित गरिएको छ । खाण, रायमाझी, पाण्डेलगायत, इन्द्रजित राई, सानु भण्डारी, आङटावा शेर्पा, सन्देश शर्मा, शमशेर मियाँ, टेकनाथ रिजाल, नरेन्द्र केसी, रामशरण केसीलाई उल्लेखित चारओटै कसुरमा मुद्दा दायर गरिएको छ । फरार १४ जनालाई पनि चारओटै कसुरमा मुद्दा दर्ता गरिएको छ । अभियोगमा प्रतिद्वन्द्वीबाट २८ करोड ८१ लाख १४ हजारले पाँचसय रूपैयाँ असुलउपर गरी जाहेरीवालालाई भराउन माग गरिएको छ ।
यो प्रकरणमा आरोपीलाई प्रहरीले पक्राउ सुरू गरेपछि र केही फरार भएपछि नेकाका शेरबहादुर देउवा, एमालेका केपी ओली र माओवादीका पुष्पकमल दाहालको बरोबर भेटघाट भयो । यसले नेपाली जनतामा आशङ्का फैलायो – कतै नक्कली भुटानी प्रकरणमा आरोपीहरूलाई उन्मुक्ति दिइने त होइन ? यो समाचार बाहिरिएसँगै प्रम दाहालले कसैको दबाबमा अनुसन्धान फरक नपर्ने दाबी गरे । तर, देउवाले प्रम दाहाललाई ‘कुन हैसियतमा प्रम भएको नबिर्सनु’ भनी सचेत गराए । २७५ सांसद भएको प्रतिनिधिसभामा ३२ स्थान भएको माओवादीको प्रम दाहाल अहिलेसम्मकै कमजोर हुनेमा शङ्का नहोला ।
अनुसन्धान अवधिको मिति पुग्दै गर्दा नेकाका देउवाले अदालतबाट खाणलगायतलाई न्याय मिल्ने विश्वास व्यक्त गरे । ठीक यहीँबेला प्रहरी प्रतिवेदनलाई फितलो बनाउन ‘माथिबाटै दबाब भएको’ पनि सार्वजनिक भयो । प्रहरी नेतृत्वसमेत नक्कली भुटानी प्रकरणमा जोडिएको समाचार प्रकाशित भयो । प्रहरी अनुसन्धानबारे नेकाकै एक सांसदले संसद्मा बोले – सलाम खाने र सलाम गर्ने जो भए पनि दोषी छुट्नुहुँदैन । एमालेका एक सांसदले बोले – आफ्नो पार्टीका अध्यक्ष वा आफ्नो स्वकीय सचिव भए पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैसँग बयान लिनुपर्ने बताए । रास्वपाका सांसदले अनुसन्धानमा नाम जोडिएका सबैसँग बयान नलिँदा अविश्वास सिर्जना भएको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध राजस्व छलीमा मुद्दा लाग्यो । भारतका प्रधानमन्त्री पीभी नरसिंहरावविरूद्ध बोफोर्स काण्डमा मुद्दा लागेको थियो । भर्खर फ्रान्सका पूर्वराष्ट्रपतिविरूद्ध भ्रष्टाचारको मुद्दा लाग्यो । नेपालमा यसअगाडि नेकाकै चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकाश गुप्ताविरूद्ध भ्रष्टाचारको मुद्दा लाग्यो । त्यसरी नै मधेसवादी दलका सांसदहरू श्यामसुन्दर सापकोटा, सञ्जय साह, नेकाका सांसद आफतव आलमविरूद्ध पनि फौजदारी अभियोगमा मुद्दा लागेको थियो । सत्तापक्षकै एक जना बहालवाला सांसदले भ्रष्टाचार प्रकरणमा चोखो नेपाल मजदुर किसान पार्टीमात्र रहेको छ । बाँकी सबै पार्टी एक न एक भ्रष्टाचार काण्डमा परेको छ भनी स्पष्ट पारेका छन् ।
Leave a Reply