नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
लघु कथा
आज वडामा एसईई,+२, Bachelor, Master Degree, Doctor उपाधि हासिल गरेका वडावासीहरूलाई हौसला दिने उद्देश्यले सम्मान कार्यक्रम गरियो । पुरस्कृत सम्पूर्ण विद्यार्थीहरूको मुहार चन्द्रमा झैँ उज्यालो थियो ।
सम्मान गर्ने सिलसिलामा डा. निर्मलाको नाम उद्घोष गरियो । सबैले ताली बजाए । निर्मलाले हाँस्दै प्रमुख अतिथिको हातबाट सम्मान पत्र लिएर आमाको हातमा दिइन् । आमा र बाबाले हर्षका साथ पालैपालो हेरिरहे ।
घरमा पनि सम्मान पत्र हेर्र्दै सुनिताका आँखा रसाउन थाले । उनले आफूलाई सम्हाल्न सकिनन् । उनको आँखाबाट आँसु टपटप खस्न थाल्यो । आमाको आँखामा आँसु देखेर छोरीले सोधिन्, “के भयो, आमा ? खुसी हुनुपर्नेमा झन् रुन पो थाल्नुभयो । के भयो, आमा ? भन्नुस् न ।” छोरी यो खुसीका आँसु हो । तिमीले डाक्टर पढ्ने ठूलो इच्छा प्रकट ग¥यौ । हामीसँग ४०/५० लाख तिरेर पढाउने सामथ्र्य थिएन । हामीसँग एउटाबाहेक अर्काे विकल्प थिएन । खाई नखाई किनी राखेको तीन आना जग्गा बेच्यौँ । तिम्रो सपना साकार पार्न हामीले त्यो जग्गा बेच्यौँ । त्यो घडेरी बेच्दा आफन्तले भन्यो, “अर्काको घरमा जाने छोरीलाई पनि किन जग्गा बेचेर पढाउनुप¥यो ? आफ्नो क्षमताले भ्याएको मात्र पढाए पुगिहाल्छ नि ।” सानो काकाले आगोमा घ्यू थप्नुभयो । लगानी आफ्नो, प्रतिफल अर्कैको ? छोरी, अरूले जे जस्तो भने तापनि आज तिमीले डाक्टर पास गर्दा म अत्यन्तै खुसी छु । छोरी, तिमीलाई डा. निर्मला भनेर सबैले चिनून्, अनि मलाई असल डाक्टरकी आमा ! यही मेरो आशीवार्द छ तिमीलाई ।
आमा र छोरीको हृदयस्पर्शी कुरा सुनिरहेका किशोरले पनि आफ्नो मनको कुरा पोखे, “हो छोरी, त्यतिबेला हामीले सोच्यौँ । छोरालाई त यो घर, केही जग्गा पनि छ । छोरी पनि हाम्रै सन्तान । भोलि कसले देखेको छ र ? कसको भरमा को बस्नुपर्ला के थाहा ?” छोरीलाई सम्पत्तिभन्दा शिक्षा नै दिनुपर्दाे रहेछ ।
Leave a Reply