नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
निर्वाचनको बेला
मतिभ्रस्त भए
भोजभतेर खाए
ग्यास चुल्हो लिए
चामल, दाल, माछामासु
लुगाफाटा लिए
मोबाइलहरू लिए
जनताका प्रतिनिधि चुने
अधिकार नै बिर्सिए ।
लाइन त बसे निर्वाचनमा
भनेकै ठाउँमा ल्याप्चे लगाए
के मा छाप लगाए थाहै भएन
मत खसाल्ने त अर्कै भए
हुने खाने खराबहरू नै आए ।
आज ती नेताहरूले
फेरि लोभलालच देखाए
अमेरिका पठाइदिने भनी
खेतबारी, घरबार
साहुलाई बन्धकी राख्न लगाई
पैसा जति ती नै ले कुम्ल्याए ।
नेपालीलाई नक्कली बनाई
भुटानी शरणार्थीको प्रमाण दिई
कोही अमेरिका पठाए
कोही कता कोही अलपत्र पारे
जनतका सम्पत्ति हडप्ने ठगहरू
उपप्रधानमन्त्री, मन्त्रीहरू
नेतादेखि कार्यकर्ताहरू
उच्चपदस्थ कर्मचारीहरूदेखि
आफन्तहरू
तलदेखि माथिसम्म
भित्रभित्रै सेटिङ मिलाए ।
नक्कली भुटानी शरणार्थी बनाउने
ठग, सङ्गठित अपराधी
देशद्रोही पो निक्लिए
निर्वाचनको बेला
सोच्नै सकिन्न
आज आफैँलाई
पश्चातापले पोल्दै छ ।
Leave a Reply