भर्खरै :

कीर्तिपुरमा क्रान्तिकारी महिला भेला

कीर्तिपुरमा क्रान्तिकारी महिला भेला

काठमाडौँ, १३ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ कीर्तिपुर नगर समितिको आयोजनामा शनिबार महिला कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले समाज दुई वर्गमा विभाजित रहेको चर्चा गर्नुृभयो ।
आदर्श समाज निर्माण गर्न वर्गसङ्घर्ष अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले वर्गसङ्घर्ष अगाडि बढाउन जनतामा सचेतना, शिक्षा र सङ्गठनको आवश्यकता हुन्छ भन्नुभयो ।
फ्रान्सेली साम्राज्यवादले भियतनामी जनतालाई दुःख दिएझँै अमेरिकी साम्राज्यवादले एमसीसी र एसपीपी लागु गरे नेपाली जनताले धेरै दुःख झेल्नुपर्ने बताउँदै उहाँले भियतनामी जनताले फ्रान्सलाई पराजय गरेझैँ नेपाली जनताले पनि अमेरिकी साम्राज्यवादलाई पराजित गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले महिला सङ्घको चितनमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुँदाको अनुभव सुनाउँदै कृषिप्रधान देशमा किसानहरूलाई आवश्यक रासायनिक मल उपलब्ध गर्न नसक्नु सरकारको असफलता हो भन्नुभयो ।
नक्कली भुटानी शरणार्थीमा संलग्न अपराधीहरूलाई हदैसम्मको कारबाही हुनुपर्छ, उहाँले भन्नुभयो ।
नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “कामदार वर्गका महिलाहरूको एकताले समाजलाई सही बाटोमा हिँडाउन सक्छ; कामदार जनताको एकताले जुनसुकै जिम्मेवारीमा बसेर पनि देश र जनताको सेवा गर्न सकिन्छ ।”
मिरिना शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा विन्दिरा महर्जन र मनुषा महर्जनले पनि बोल्नुभएको थियो । कार्यक्रममा बहुमति महर्जन र बबिता महर्जनले गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *