इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
मस्को, १६ जेठ, (एएनआई) । मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरू मङ्गलबार बिहानै रुसको राजधानीनजिकै गोली हानी खसालिएका छन् । यसलाई मस्कोमाथि ड्रोन हमला गरिएको बताइएको छ ।
मस्कोका गभर्नर एन्ड्री वोरोब्योभलाई उद्धृत गर्दै तासले जनाएको छ, “आज बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने – जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा आक्रमण गरिएको हो । मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका छन् ।” वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई संयमित रहन आग्रह गर्दै सबै आपत्कालीन एकाइहरू सञ्चालनमा रहेको र घटनाको थप विवरण सार्वजनिक गरिने जानकारी दिनुभएको छ ।
यसैबीच मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणपछि दुई व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिएको बताउनुभएको छ । यद्यपि, ड्रोन आक्रमणपछि कसैलाई पनि गम्भीर चोटपटक लागेको र अस्पताल पु¥याइएको छैन । उहाँले घटनास्थलमा आपतकालीन सेवा र एम्बुलेन्सका केही टोली भने खटाइएको बताउनुभयो ।
यसैगरी आफ्नो टेलिग्राम च्यानल पोस्टमा मस्कोका मेयरले “नगरपालिका चिकित्सा सेवाहरूबाट प्राप्त जानकारीअनुसार मानवरहित ड्रोनद्वारा क्षतिग्रस्त भवनहरूका बासिन्दाहरूमध्ये कोही पनि व्यक्ति गम्भीर घाइते नभएको उल्लेख गर्नुभएको छ ।
Leave a Reply