इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
भक्तपुर, १६ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा भनपा वडा २ मा मङ्गलबार चारदिने प्राङ्गारिक कृषि तालिम सुरु भएको छ । तालिमको उद्घाटन वडाध्यक्ष हरिप्रसाद बासुकलाले गर्नुभएको थियो ।
नपाको कृषि समितिमार्फत किसान लक्षित विविध गतिविधिहरू अगाडि बढाइरहेको बताउँदै उहाँले प्राङ्गारिक कृषि प्रवद्र्धन तालिम सञ्चालनबारे विषादीरहित तरकारी उत्पादन, प्राङ्गारिक मलको उत्पादन, प्रयोग र व्यावसायिक उत्पादनमा थप टेवा पुग्ने बताउनुभयो ।
भनपाले कौसी खेती तालिमलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै उहाँले कृषि उत्पादन बढेमा विदेशबाट कृषिजन्य वस्तुको आयात घट्दै जानेर विषादीरहित प्राङ्गारिक मल प्रयोग गरी स्वच्छ र ताजा तरकारी उत्पादन हुने बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा नीतिगतरूपमा भ्रष्टाचार हुने उल्लेख गर्दै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणले ठूलठूला राजनीतिक दलका नेताहरूले जनतालाई छलिरहेको चर्चा गर्नुभयो ।
तालिमका प्रशिक्षक रमेश वैद्यले बढ्दो जनसङ्ख्यालाई खाद्यान्न पूर्ति गर्न उत्पादन बढाउने नाउँमा विषादी र अधिक रासायनिक मल प्रयोग गर्दा मानिसहरूलाई विभिन्न प्रकारका रोगहरू लाग्ने गरेकोले विषादीरहित र प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
कृषि उपसमितिका संयोजक रत्नकाजी नातरीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा गणेशप्रसाद सुवाल, लक्ष्मीनारायण सुवाल र राजाराम बासुकलाले तालिमको उद्देश्य र महत्वबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply