इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
गण्डकी प्रदेश माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत रहेको ल्वाङ होमस्टे एउटा नमुना समुदाय हो । सो समुदाय पोखराबाट मोटरमा करिब डेढ घण्टाको उकालोमा अवस्थित छ । ढुङ्गैढुङ्गाबाट पुरानो र आफ्नो छुट्टै मौलिकता बोकेको उक्त गाउँ समुदाय निकै नै सुन्दर र रमणीय दखिन्छ । पर्यटकीय क्षेत्र मानिने यस स्थानले आन्तरिक तथा बाह्य गाउँघरमा जुवातासको विकृतिलाई नियन्त्रण गर्न आमा समूहले अभियान नै चलाएको अनुभव सुनाउनुभयो ।
अध्यक्षले होमस्टे सुरु हुनुभन्दा अगाडि नाचगान, निर्गुन भजनकीर्तन गरेर पैसाको जोहो गर्ने कार्यमा यो समूह पनि सक्रिय थियो । त्यसपश्चात् यही समूहको सक्रियताले होमस्टेको जन्म भएको हो ।
पर्यटक स्थलका रूपमा विकसित भएको देखिन्छ । आमा समूहको लगनशीलता देखेर विभिन्न निकाय सङ्घसंस्थाबाट पनि यसलाई सहयोग प्राप्त भएको र आवश्यक तालिमहरू सञ्चालन गरिँदै सम्झँदै अध्यक्ष गुरुङले ए– क्यापद्वारा होमस्टे सञ्चालन गर्न तालिम, तौरतरिका, सहयोगका साथै हौसला पाएको बताउनुहुन्छ । त्यसैगरी, आमा समूहले आगन्तुकहरूलाई अझ लोभ्याएको होमस्टे संस्कृतिलाई देखिन्छ ।
प्राकृतिक दृष्टिले मनमोहक त छँदै छ; त्यसमा स्थानीयको लगनले होमस्टे संस्कृति नै बनेको छ । हरेक घरमा होमस्टे रहेको हुँदा ल्वाङमा जाने भनेकै गाउँ होमस्टे बस्नु जत्तिकै भएको छ । त्यहाँ होमस्टे संस्कृतिको राम्रो विकास देखिन्छ । एकातिर होमस्टेलाई पर्यटकीय आकर्षणको रूपमा विकास हुँदै जानु अर्कोतिर होमस्टे नै त्यहाँको आयस्रोतको माध्यम पनि बन्दै गएको छ । यसै होमस्टे समितिका डम्बरकुमारी गुरुङका अनुसार २०४८ सालमा एक्यापको सहयोगमा आमा समूहको गठन भएलगत्तै एक घर एक शौचालय निर्माण कार्य सुरु गरियो ।
अध्यक्ष निरन्तरता दिन आमा समूहले गाउँघरलाई सफासुन्दर कायम गर्न हरेक महिनाको दुई दिन (१ गते र १५ गते) सरसफाइ अभियान नै चलाउँदै आएको छ । ल्वाङ गाउँका मानिसहरू स्थानीय सरकारको विकास योजनालाई मात्र कुरेर नबसी धेरैभन्दा धेरै स्थानीय जनसहभागितामा पैदल यात्राका लागि करिव ५० मिटर ढुङ्गा छपाइ बाटो निर्माण गरेका छन् ।
महिला शक्तिलाई पहिचान गरी ल्वाङ गाउँका आमा समूहको नेतृत्वमा गाउँ समाज भेला हुन हलका लागि सामुदायिक घर निर्माण गर्नु, गाउँमा बत्ती, मोटर, शिशुस्याहार स्थापना, वृक्ष रोपणजस्ता नमुना कार्यहरू भइरहेको देखिन्छ । परिणमतः आज यो समूहसँगै अरू विभिन्न क्लव, सरकारी निकाय, संस्था, नौलो घुम्ती संस्था, माइती नेपाल, बुबा समूहहरूले दिएको साथ र सहयोगलाई पनि महत्वपूर्ण विकासको पक्ष मान्न सकिन्छ । यसैक्रममा होमस्टेलाई २०५१ सालमा पूर्वराजा ज्ञानेन्द्र सरकारको पालामा सहयोग र सम्मान पाउँदा अझ हौसिएको उहाँले बताउनुभयो ।
विगतका सङ्घर्षले गर्दा नै आज ल्वाङ गाउँ पर्यटकीय, समृद्ध, सुन्दर देखिन्छ । गाउँघरलाई पर्यटकीय स्थल बनाइरहँदा गाउँ सिङ्गै आर्थिकरूपमा समृद्ध हुँदै गएको देखिन्छ । धेरै जसो प्रत्येक घरमा होमस्टेलाई आर्थिक आम्दानीको आधार मानिँदा हरेक घरपरिवार आर्थिकरूपमा सक्षम हुँदै गएको देखिन्छ ।
– प्रशिक्षार्थी
Leave a Reply