भर्खरै :

सिजाङ (तिब्बत) को पर्यावरणीय र आर्थिक विकासको प्रत्यक्ष दर्शन

सिजाङ (तिब्बत) को पर्यावरणीय र आर्थिक विकासको प्रत्यक्ष दर्शन

चीनको सिजाङ स्वशासित क्षेत्रको राजधानी ल्हासामा कोही पैदल हिँड्छ अथवा गाडीमा सयर गर्छ भने उसले त्यहाँ पक्कै केही विशेष कुरा देख्नेछ । ल्हासा उपत्यकाको उत्तरी र दक्षिणी पहाडका भिरहरूमा केही मानिसहरू काम गरिरहेका देखिन्छन् । उनीहरू त्यो भिरमा त्यहाँ वृक्षरोपण गरिरहेका छन् र आफूले रोपेका रुखका बोटमा पानी दिँदै छन् ।
पाठक साथीहरू, तपाईँलाई लागेको हुनुपर्छ– यो काममा खास के छ र ? पख्नुस् है म केही तथ्य पस्किन्छु । ल्हासा सहर समुद्री सतहबाट ३ हजार ६ सय ४६ मिटर उचाइमा पर्छ । समुद्री सतहमा भन्दा त्यहाँको हावामा अक्सिजनको मात्रा ४०–४५ प्रतिशतले न्यून हुन्छ । त्यो उचाइमा केही निश्चित बोट र रुख मात्र हुर्किन सक्छ । त्यसमाथि समुद्री सतहबाट ४ हजारभन्दा माथि उचाइमा रहेका ल्हासा वरपरका पहाडहरूमा पहिला स–साना बुट्यानबाहेक कुनै पनि बिरुवा हुर्किदैन्थ्यो ।
अब भेउ पाउनुभयो, ती मानिसले गरिरहेको काम किन विशेष काम हो भनेर । ती मजदुरहरू ल्हासा सहर वरपरका पहाडमा वृक्षरोपण गरिरहेका हुन् । एक जना स्थानीय अधिकारीले ती पहाडहरू आगामी दस वर्षभित्र हराभरा बनाउने सरकारको योजना भएको बताए । सिजाङमा अहिले चलिरहेको हरियाली अभियानको यो एउटा नमुनामात्र हो । यो अभियान अहिले पर्यावरणीय सभ्यता भनेर पनि जानिन्छ ।
अलि पृष्ठभूमितिर फर्कौँ– सन् २०२३ को मे महिनामा चीनको राज्य परिषद् सूचना कार्यालयले मलाई सिजाङ स्वशासित क्षेत्रको गहन स्थलगत अध्ययनको लागि आमन्त्रण ग¥यो । समयावधि एक साता थियो । हाम्रो कार्यक्रम तालिका व्यस्त खालको थियो । हामीले हरेक दिन दस किलोमिटर हिँड्थ्यौँ । हामीले गरिबी निवारण परियोजनाहरू, नयाँ उद्योग, विद्यालय, तिब्बत विश्वविद्यालय, पर्यावरणीय परियोजनाहरू, बौद्ध मन्दिरहरू, सिजाङको परम्परागत लोकनाच र लोक सङ्गीतको प्रस्तुति आदि हे¥यौँ । धेरै पटक मैले स्थानीय जनतासँग इतिहास, संस्कृति, आजभोलिको दिनचर्या र चाहनाबारे कुराकानी गर्ने अवसर पाएँ । त्यहाँ बटुलिएका कैयौँ अनुभवमध्ये तीन वटाबारे म यहाँ चर्चा गर्न चाहन्छु ।
पहिलो, सिजाङको चकित पार्ने आर्थिक विकास । त्यहाँ मैले जता हेरे पनि सिजाङको आर्थिक विकास मात्र देखेँ । नयाँ र स्तरोन्नति गरिएका सडक र रेलमार्ग, सिजाङको वास्तुशैली झल्काउने आधुनिक भवन, विद्युत्, टेलिफोन र दूरसञ्चार सञ्जाल, अवसर सिर्जना गरिरहेका उद्योग कलकारखाना तथा सरकारले प्रदान गरेका प्रारम्भिक प्रोत्साहन कोष आदि । अनि जोखिमले भरिएको वातावरणमा गहन अनुसन्धानको काम भइरहेको देखेँ । एउटा सानो उदाहरण, हाम्रो भ्रमणको दोस्रो दिन हामीले समुद्री सतहबाट झन्डै ५ हजार मिटर उचाइको एउटा पहाड चढ्यौँ । त्यहाँ पुगेर मैले मेरो मोबाइल फोन निकालेँ । त्यो उचाइमा पनि फोनको नेटवर्क ल्हासामा जत्तिकै शक्तिशाली टिपिरहेको थियो । कुरा प्रस्ट छ, सिजाङको आर्थिक विकास केही सीमित मानिसको लागि होइन, बरु सिजाङका सबै जनता, सबै जातिको हितको लागि हो ।
दोस्रो पक्ष, आर्थिक विकासको प्रभाव । गरिबी निवारण त त्यसको स्वाभाविक प्रभाव हो । सन् २०२० को अन्त्यसम्ममा सिजाङका सबै क्षेत्रमा निरपेक्ष गरिबी पूर्णतः निर्मूल भइसकेको थियो । यो कुनै सानो उपलब्धि थिएन । संसारभरका सबभन्दा कठिन र दुर्गम मानव अस्तित्वमध्ये सिजाङ पनि पर्छ ।
अर्को प्रभाव भनेको संस्कृति र शिक्षाको विस्तार । हामीले सिजाङको त्यो उचाइमा पनि त्यहाँ लगाइने परम्परागत औषधिको विकास प्रत्यक्ष देख्यौँ । त्यस्तै, निकै पुराना अभिलेखको संरक्षणमा विशेष ध्यान दिइएको देख्यौँ । विद्यार्थीलाई स्थानीय भाषामा पढाइने गरेको देख्यौँ । उनीहरूलाई परम्परागत साङ्गीतिक वाद्यवादन बजाउन र हस्तलेखनको सीप सिकाइँदै गरेको देख्यौँ । हामी सिजाङकै सबभन्दा पवित्र स्थलमध्ये एउटा मानिने जोखाङ मन्दिरको पनि भ्रमण ग¥यौँ । राज्यको संरक्षणमा त्यो मन्दिरको तीस जना बौद्ध भिक्षुहरूले व्यवस्थापन गर्छन् । मानिसको त्यहाँ भिड लागेको थियो । जोखाङ मन्दिरको भ्रमण गर्दा आफूलाई लागेको कुरा भन्न ती मानिस स्वतन्त्र थिए । शिक्षाबारे बुझ्न हामीले ल्हासाको एउटा आधारभूत विद्यालय, एउटा माध्यमिक विद्यालय र तिब्बत विश्वविद्यालयको भ्रमण ग¥यौँ । शिक्षक, पठन सामग्री र अनुसन्धानमूलक शिक्षण विधिको गुणस्तर राम्रो थियो ।
कोही कोही आधुनिकता भनेको परम्परागत संस्कृतिको लागि चुनौती हो भन्छन् । आधुनिकतासँगै मानिसको सोचाइ पनि बदलिने तर्क गर्छन् । मेरो विचारमा यो सम्बन्ध ज्यादै जटिल र द्वन्द्वात्मक हुन्छ । संस्कृति आर्थिक आधारको बलमा टिकेको हुन्छ । जब संस्कृति फस्टाउँदै जान्छ र बलियो बन्दै जान्छ, संस्कृति र शिक्षा पनि फस्टाउँछ र नयाँ नयाँ आयाम थपिँदै जान्छ । उनीहरूको तर्कभन्दा ठीकविपरीत शिक्षित र सुसंस्कृत जनशक्ति बढेसँगै अर्थतन्त्र अझ बलियो बन्दै जान्छ । मानिसले विश्व दृष्टिकोण र मान्यताहरू बहन गर्दा पनि संस्कृतिको जग बलियो हुन्छ । हरेक नयाँ पुस्ताले सिर्जनात्मक तरिकाले आफूलाई पुर्खाले सुम्पेको संस्कृतिलाई अझ समृद्ध बनाउँछ । अनि आफूभन्दा पछाडिको पुस्तालाई हस्तान्तरण गर्छ । अर्को शब्दमा सिजाङको अपत्यारिलो आर्थिक विकासको पृष्ठभूमिमा सिजाङको संस्कृति पहिला कुनै पनि बेलाभन्दा अझ फस्टाइरहेको छ । वास्तवमा सिजाङको आप्mनै संस्कृति जसलाई आज हामीले सम्पूर्णमा चीनको भव्य परम्परागत संस्कृति भन्छौँ, त्यसको ठुलो हिस्सेदार हो ।
मलाई बलियो प्रभाव पारेको तेस्रो पक्ष भनेको पर्यावरणीय परियोजना र पर्यावरणीय सभ्यता हो । ग्रामीण क्षेत्रको भ्रमणबाट फर्किने क्रममा गाडीको झ्यालबाट बाहिर चियाउँदा, पहाडका गल्छीका बाटा छिचोल्दा, हरेक दिन किलोमिटरका किलोमिटर छिचोल्दा र पर्यावरणीय परियोजना अवलोकन गर्दा हामीले संसारकै उचाइमा भइरहेको रचनात्मक र संसारमै पहिलो पर्यावरणीय संरक्षण र ‘हरियालीकरण’ ले मलाई प्रभावित बनायो । त्यहाँको अवस्था वर्णन गर्दा चकित पार्ने, असामान्य र उदाहरणीयजस्ता शब्द प्रयोग गर्न धक लाग्छ । तर, संसारको सबभन्दा विशिष्ट वातावरणमध्ये पर्ने ठाउँको पर्यावरणीय सभ्यता परियोजनाको लागि यी शब्द नै मात्र उपयुक्त हुन् जस्तो लाग्छ । वास्तवमा मैले ती परियोजनाको अझ गहिराइको लागि सिजाङको अर्को अनुसन्धान भ्रमण गर्ने मनसाय बनाइसकेको छु ।
सारमा, चीनको लामो परम्पराबाट आएका निकै चर्चित चार वटा चिनियाँ अक्षर छन्– जसले देख्छ, जसले सुन्छ । अर्को शब्दमा सत्यको नजिक पुग्ने एउटा मात्र उपाय भनेको आफ्नै आँखाले हेर्नु, स्थानीय जनतासँग कुराकानी गर्नु, परीक्षण गर्नु र प्रमाणीकरण गर्नु । हामीले सिजाङमा त्यही ग¥यौँ । अनि यति गरेपछि हामीले तथ्यबाट सत्य पहिल्याउन सफल भएका छौँ ।
(लेखक अस्ट्रेलियाका माक्र्सवादी विद्वान् हुन् । उनी अस्टे«लियन माक्र्सिस्ट रिभ्युका सम्पादक मण्डलका सदस्य हुन् । अनि चीनको रनमिन विश्वविद्यालयमा दर्शनशास्त्रका प्रतिभाशाली विदेशी प्राध्यापक हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *