भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा २०८०/०८१ को लागि योजना छनोट तथा सुझाव सङ्कलन शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा पूर्वउपप्रमुख चैत्यराज शाक्यले वडाभरि भएका सङ्घसंस्थाहरूको तथ्याङ्क सङ्कलन गरी योजना र बजेटको लागि सुझाव सङ्कलन गर्नुपर्ने बताउँदै नगरकोट सडकको दायाँबायाँ पेटी बनाई सडक बत्ती व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले वडालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा योजनामा भरपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले वैदेशिक रोजगारीमा पठाउनुको सट्टा देशमै रोजगारीको व्यवस्था गरी विकास गर्नुपर्ने बताउनुभयो । उहाँले बुद्धिजीवीहरूसँग राय सुझाव सङ्कलन गरी तथ्यतथ्याङ्क सङ्कलन गरी योजना बनाउनुपर्ने बताउनुभयो ।
भनपा १० नं. वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद ह्याँैमिखाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा बजेट, नगर बजेट, सहरी विकास बजेट, पूर्वाधार विकास बजेट, सम्पदा विकास बजेटबाट जम्मा २३ वटा योजनाहरू सञ्चालन भएकोमा १५ वटा योजनाहरू सम्पन्न भएको र बाँकी योजनाहरूको कार्य अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।
वडासदस्य जितेन्द्र मुनंकर्मी, तारादेवी शाक्य, कृष्णनारायण दुमरुले पनि बोल्नुभएको सो भेलामा वडावासीहरू गणेशराम मुस्याख्व, न्हुछेरत्न शाक्य, मदनबहादुर थापा, लक्ष्मीप्रसाद चवाल, कृष्णशोभा मुस्याख्व, विष्णुप्रसाद तिमिल्सिना, अर्जुन त्वानाबासु, उत्तम ज्याख्व, रामकृष्ण तजलेले विकास निर्माणको लागि वडाको योजना छनोटसम्बन्धी विभिन्न सुझावहरू दिनुभयो ।
Leave a Reply