भर्खरै :

१० नं. वडामा चारहप्ते घरदैलो कार्यक्रम

१० नं. वडामा चारहप्ते घरदैलो कार्यक्रम

भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्रमा कान्ति बाल अस्पताल नर्सिङ कलेजका मास्टरमा अध्ययनरत विद्यार्थीहरूले चारहप्ते घरदैलो कार्यक्रम सम्पन्न गरेको तथ्याङ्क तथा प्रतिवेदन प्रस्तुति कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रअनुसार शिक्षा र स्वास्थ्यमा जोड दिँदै ख्वप कलेज, ख्वप अस्पताल आदि सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले आउने आर्थिक वर्षमा स्वास्थ्य शिविर, अपाङ्गता भएका व्यक्तिहरूको विशेष हेरचाहको लागि बजेट व्यवस्थापन गर्ने बताउँदै खाद्यान्नमा मिसावट र खानपानले विभिन्न सुगरप्रेसरलगायत रोगका समस्याहरू देखा परेकोले व्यायाम स्थलहरू निर्माण गरेको बताउनुभयो ।
कान्ति बाल अस्पताल नर्सिङ कलेजका प्राचार्य रोशनी तुईतुईले भक्तपुर नगरपालिकाले उदाहरणीय कार्य गरिरहेको चर्चा गर्दै यस्तो स्थानमा स्वास्थ्यसम्बन्धी सर्भे गर्न पाउनु र विभिन्न रोग, खोपलगायतका तथ्याङ्क सङ्कलन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं १० का अध्यक्ष लक्ष्मीप्रसाद ह्याँैमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कविता गिरी, मीना ढकाललगायतका विद्यार्थीहरूले सर्भेबारे आ–आफ्नो कुरा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *