अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
वैशाख जेठको टन्टलापुर घाममा
सर्र बहने तात्तातो हावामा
एक सुरले कुटो कोदालो चलाई
बाँझो जमिन खन्दै परिश्रम गर्ने
कर्मठ किसान हुँ म ।
पहाड पखेरो भिडहरूमा
मकै लगाउने सिजनमा
अमृतसरि पानी बर्सिएला कि भनी
आशैआशमा आकाश हेरी बस्ने
कर्मठ किसान हुँ म ।
खेत खलियान सम्म पारी
रोपाइँको लागि तयारी गरी
मानो रोपेर मुरी फलाउने
धोको लिई पसिना बगाउने
कर्मठ किसान हुँ म ।
सारा जनलाई खुवाउनुपर्छ भनी
जग्गा अरूको भाडामा लिई
बेमौसमी तरकारीमा
दिनरात नथाकी लागिपर्ने
कर्मठ किसान हुँ म ।
मकै, धान, तरकारीको
बीउबिजन, मलखाद्, जल औषधि
आधुनिक कृषि औजारको
समयमै पाउला कि भनी खोजी गर्ने
कर्मठ किसान हुँ म ।
किसानको पसिना पुछ्नेहरू
क्रान्तिकारी भूमिसुधार ल्याउनेहरू
शासक भनाउँदा के गर्दै छन् भनी
जुरमुरिएर आवाज उठाउने
कर्मठ किसान हुँ म ।
मलमा अनुदान वृद्धि गराउन
देशमै मल कारखाना स्थापना गर्न
आवश्यकताअनुसार किसानहरूलाई
सहजरूपमा उपलब्ध गराउन सङ्घर्ष गर्ने
कर्मठ किसान हुँ म !
Leave a Reply