अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
लौन सरकार ! करजोर बिन्ती
मेरो देशका सम्पूर्ण कपुतहरूलाई
सक्कली होस् या नक्कली शरणार्थी बनाई
विदेशतिरै पठाई देऊ,
खोजीखोजी पठाई देऊ,
फकाई फकाई पठाई देऊ,
लौन सरकार ! मेरो देशलाई कपुतविहीन बनाई देऊ !
अति नै दुःख पाए तिनीहरूले
रोई कराई दिन बिताए रात बिताए,
वाग्मतीबाट बालुवा ओसारेजस्तै
डलर ओसार्न अवसर देऊ,
लौन सरकार ! कोटीकोटी प्रणाम
मेरो देशका कपुतहरूलाई
रोजगारी मिलाई देऊ ! करोडपति बनाई देऊ !
यस्तो जोखिम काम गर्न सक्दैन कसैले,
कुलाङ्गारले यो काम छोड्न सक्दैन कहिल्यै,
तिमी होनाहार कुलाङ्गार हौ, कुलद्रोही हौ
तिमीले एमसीसी पास गर्न सक्यौ,
नागरिकता विधेयक पास ग¥यौ
देशघात गर्न पछि परेनौ,
तिमी सिपालु छौ
लौन सरकार ! मुरीमुरी धन्यवाद !
मेरो देशका कपुतहरूलाई
नक्कली शरणार्थी बनाई
विदेशतिरै पठाई देऊ ! डाँडा कटाइ देऊ
मेरो देश सपुतहरूको मात्र बनाई देऊ !
Leave a Reply