भर्खरै :

देशको अवस्था र आजको आवश्यकता

  • जेष्ठ २०, २०८०
  • श्यामप्रसाद मुनंकर्मी
  • साहित्य
देशको अवस्था र आजको आवश्यकता

देश र जनताको आवश्यकताअनुरुप सरकारको नीति र विचार हुनुपर्दछ,
त्यही नीति र विचारले भ्रष्टाचारको उन्मूलन हुनुपर्छ ।

अहिले भ्रष्टाचार नै राजनीतिको मूल मन्त्र बनेको छ,
नेता र पार्टीको अस्तित्वको आधार बनेको छ ।

अहिले भ्रष्टाचारको स्वरुप पनि फेरिएको छ,
गर्ने तरिका र विधि पनि फेरिएको छ ।

पहिले टेबुलमुनि पैसा दिएर भ्रष्टाचार हुन्छ,
अहिले नागरिकता र नागरिक नै बेचेर भ्रष्टाचार हुन्छ ।

व्यक्तिगतले व्यक्तिलाई मात्र बिगार्छ,
संस्थागत र नीतिगतले देश र जनतालाई नै डुबाउँछ ।

थाहा छैन अहिले हामी नेपालमा छौँ, भोलि कहाँ हुन्छौँ,
आफूले आफैँलाई खोज्न विदेशमा भौतारिरहेका हुन्छौँ ।

भ्रष्टाचारीलाई फाँसी दिन संविधानले दिँदैन,
टुलुटुलु हेरिरहन मन मस्तिष्कले मान्दैन ।

आउ साथी फेरि आउ भविष्यलाई सम्झेर,
क्रान्ति गरौँ फेरि एक पटक आफैँलाई बिर्सेर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *