भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, २० जेठ । भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा चारदिने प्राङ्गारिक कृषि खेती तालिम आजबाट सुरु भएको छ । तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रको विकास हुनु आवश्यक भएको बताउनुभयो ।
समाजवादी देशको कृषि अर्थतन्त्रबाट नेपालले धेरै सिक्न र अवलम्बन गर्न सकिने बताउँदै उहाँले यस किसिमको तालिम सञ्चालनले प्राङ्गारिक खेती प्रवद्र्धन हुनुका साथै प्राङ्गारिक मल उत्पादनमा समेत मद्दत पुग्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरलाई सुन्दर र आकर्षक बनाउन धेरै योजनाहरू अगाडि सारिरहेको बताउँदै जनताको मागअनुसार नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै स्वास्थ्य शिविरहरू पनि सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले युवा कृषकहरूलाई कृषिमा आर्कषण गर्ने उद्देश्यले भक्तपुर नपाले यस आर्थिक वर्षमा १० वटै वडामा प्राङ्गारिक कृषि खेती तालिम सञ्चालन गरेको बताउँदै हरेक क्षेत्रमा परनिर्भर हुँदै जाँदा देशको अर्थतन्त्र झन्झन् कमजोर हुँदै गएको बताउनुभयो ।
कार्यक्रममा कृषि समितिका सचिव गङ्गाराम ज्याख्वले तालिमको उद्देश्यबारे प्रस्ट गर्नुभयो भने प्रशिक्षक रमीन्द्र सुवालले प्राङ्गारिक खेतीको महत्वबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैंया सुजखु र इन्द्रबहादुर प्याथले पनि बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रशिक्षक सुवाललाई तालिमको सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
Leave a Reply