नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, जेठ २० । भनपा वडा नं ५ को आयोजनामा युवालक्षित कार्यक्रमअन्तर्गत उपनिवेशवादका विविध पक्षको जानकारी दिने सिनेमा ओमार मुक्तारको प्रदर्शनी गरियो । मरुभूमिका सिंह (The Lion of the Desert) नामले चिनिने उक्त सिनेमामा इटलीले सन् १९११ देखि १९३१ सम्म लिबियालाई उपनिवेश बनाउने क्रममा गरिएको क्रूर, अमानवीय यातना र त्यहाँका निर्दोष जनतामाथि गरिएको जघन्य अपराधको चित्रण गरिएको छ । आफ्नो देशलाई इटलीको उपनिवेशबाट मुक्त गर्न र मुक्तिको लडाइँ लड्ने रैथाने लडाकुहरूको नेतृत्व गर्ने ओमार मुक्तारको देशभक्तिपूर्ण लडाइँको अनुपम नमुनाको रुममा यस सिनेमालाई लिन सकिन्छ ।
सिनेमाको प्रदर्शनपूर्व वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विश्वमा पश्चिमा देशहरूले एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका देशहरूलाई आफ्नो शक्तिको आडमा उपनिवेश लाडेको इतिहास बताउनुभयो । वडा नं ४ का जनप्रतिनिधि पुरुषोतम तमखुले वर्तमान समयमा आफ्नै देशका नालायक र विदेशीको दलाली गर्ने ठूला पार्टीका नेताहरूको कारण आफ्नै देश नेपाल नै नरहने खतरा देखिएको अवस्थामा यस सिनेमाको सान्दर्भिकता धेरै रहेको बताउनुभयो । तीन घण्टा लामो सिनेमाको प्रदर्शनपश्चात् विद्यार्थी रोनिश माकले नयाँ पुस्ताले देशभक्तिका बारेमा यस सिनेमाबाट धेरै सिक्न सक्ने बताउँदै सिनेमाको लागि हल उपलब्ध गराएकोमा संगम साकोसलाई धन्यवाद दिनुभयो । प्रदर्शनीमा वडा नं ४ र ५ का कलेज र स्कूलका विद्याथीहरूको सहभागिता थियो ।
Leave a Reply