इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
पेइचिङ, २० जेठ (सिन्ह्वा) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जून २ का दिन पेइचिङमा आयोजित सांस्कृतिक उत्तराधिकार बैठकमा उपस्थित भएर महत्वपूर्ण सम्बोधन गर्नुभएको छ ।
सी चिनफिङले नयाँ सुरूवातमा सांस्कृतिक समृद्धिलाई अरू बढाउनु, सांस्कृतिक बलियो मुलुकको निर्माण गर्नु, चीन राष्ट्रको आधुनिक सभ्यताको रचना गर्नु नयाँ युगमा चिनियाँ नयाँ सांस्कृतिक लक्ष्य हो भन्ने कुरामा जोड दिनुभयो । चीनले सांस्कृतिक आत्म–विश्वासमा अडिग रही जिम्मा बोकेर हाम्रो युगको नयाँ संस्कृतिको रचना गर्न र चीन राष्ट्रको आधुनिक सभ्यताको विकास गर्न संयुक्त प्रयास गर्नुपर्ने पनि उहाँले दोहो¥याउनुभयो ।
बैठकअघि सी चिङफिङले चाइना नेशनल लाइब्रेरी अफ एडिशन र चाइनिज एकेडेमी अफ हिस्ट्रीको निरीक्षण पनि गर्नुभएको थियो ।
जुन १ र २ का दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना नेशनल लाइब्रेरी अफ एडिशन र चाइनिज एकेडेमी अफ हिस्ट्रीको निरीक्षण गर्नुभएको छ साथै सांस्कृतिक उत्तराधिकार बैठकमा उपस्थित भएर चीन राष्ट्रको आधुनिक सभ्यताको रचना गर्ने विषय पहिलोपटक उठाउनुभएको छ ।
Leave a Reply