आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
कालिकोट, २१ जेठ । नेपाल मजदुर किसान पार्टी तिलागुफा नगर समितिको आयोजनामा देशघाती नागरिकता विधेयक प्रमाणीकरण तथा कपिलवस्तु र लुम्बिनी भारतीय नक्सामा समावेश गरेको विरोधमा शनिबार कालिकोट मान्मामा विरोध जुलुस तथा कोण सभा भयो ।
कोण सभामा पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण संसदीय मान्यताविपरीत भएकोले तत्काल खारेज हुनुपर्छ भन्नुभयो । भारतीय विस्तारवादले नेपालको लुम्बिनी र कपिलवस्तुसमेत समावेश गरेर जेठ १४ गते भारतको नयाँ संसद् भवनमा राखेको नक्सा नेपालको सार्वभौमिकता र भूअखण्डतामाथिको हस्तक्षेप भएको बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समिति अध्यक्ष खड्गराज शाहीले संसद्को मूल्य र मान्यताविपरीत देशघात गर्ने शासकहरू नेपालका नयाँ लेण्डुप बन्न खोजेको बताउनुभयो । शासक दलका नेताहरू जनताको सेवा गर्न नभएर भ्रष्टाचार, कमिसन र देशघात गरी सरकारमा बसिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समिति सदस्य दलसुर बोहोरा र सूर्यबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply