नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, २१ जेठ । चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्माले जेठ १८ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका भौतिक पूर्वाधारहरूको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
शर्माले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटी ख्वप अस्पताल सञ्चालनको उद्देश्य र अस्पतालबाट प्रवाहित सेवा सुविधा र आगामी योजनाहरूबारे विस्तृतरुपमा जानकारी लिनुभयो ।
भेटमा निर्देशक शर्माले स्थानीय तहबाट सञ्चालित ख्वप अस्पताल वास्तवमै देशकै लागि उदाहरणीय कार्य भएको बताउँदै अस्पतालले व्यापक जनतालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
Leave a Reply