भर्खरै :

संसदमा प्रतिनिधित्व नहुँदैमा पार्टी विलय नहुने

राजनीतिक दल ठूलो सानो हुनसक्छ । कुनै दल सरकारमा सहभागी हुन्छन्, कुनै दल सहभागी हुँदैनन् । निर्वाचनमा भाग लिनेमात्र होइन भाग नलिने दल पनि छन् । कुनै दलको व्यवस्थापिका–संसदमा सांसदहरूको प्रतिनिधित्व हुन्छ, कुनै दलको नहुन सक्छ । सरकारमा जाने, मन्त्री हुने, सांसदको प्रतिनिधित्व हुनेमात्रै दल हुने र अरु नहुने भन्ने होइन । दल सरकारमा जाओस् या नजाओस्, संसदमा सांसदको सहभागिता होस् या नहोस् आ–आफ्नो दलको अस्तित्व हुन्छ, भइरहेको छ । वैद्य पक्षधर माओवादी क्रान्तिकारी र विप्लव पक्षधर नेकपा माओवादीको व्यवस्थापिक –संसदमा कुनै सांसदहरूको प्रतिनिधित्व छैन तैपनि उनीहरूको राजनीतिक दलको अस्तित्व छ, हुन्छ ।
राजनीतिक दलका अल्पबुद्धिका केही नेता तथा कार्यकर्ताहरू व्यवस्थापिका–संसदमा सांसदको प्रतिनिधित्व नभएपछि या नहुनेबित्तिकै पार्टी विलय हुने विचार व्यक्त गर्छन् । यसरी प्रतिनिधित्व नभएका दलहरू नेपालमा ५ दर्जनभन्दा बढी छन् । अहिले मंसिर १० र २१ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन ८८ वटा दलले निर्वाचन आयोगमा दर्ता गरेका छन् । सबै दलको सांसदमा प्रतिनिधित्व छैन । अहिले हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सबै दलका उम्मेदवारहरू प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचित हुँदैनन् या हुन्छन् भन्ने होइन । तर निर्वाचित नभए पनि दल मान्नुपर्छ ।
प्रदेशसभा र प्रतिनिधिसभामा सांसदहरू नजिते पनि आ–आफ्नो पार्टीको उद्देश्य, दर्शन र विचार हुन्छ, हुनुपर्छ । चुनावमा भाग नलिने दलको त कुनै पनि प्रतिनिधि हुँदैन । के त्यस्ता दलहरू विलय भएका छन् ? छैनन् । प्रदेशसभा र प्रतिनिधिसभामा सांसदहरूको उपस्थिति नभए पनि ती दलको मूल्य र मान्यता मान्नैपर्छ या राजनीतिक दलको रुपमा मान्नुपर्छ । प्रतिनिधि नभए पनि पार्टी विलय हुन्छ भन्ने होइन ।
–गंगा उप्रेती

Leave a Reply

Your email address will not be published. Required fields are marked *