भर्खरै :

चिनियाँ अवधारणा “ल्याटिन अमेरिका” मा लोकप्रिय बन्दै

चिनियाँ अवधारणा “ल्याटिन अमेरिका” मा लोकप्रिय बन्दै

बोगाटा, २४ जेठ (सीहआरआई) । कोलम्बियाका पूर्व राष्ट्रपति अर्नेस्टो साम्पर पिजानोले हालै एक अन्तर्वार्तामा यसरी भन्नुभयोः “हामी प्रशान्त महासागरको एकापट्टि छौँ र महासागर पार हुने साझा विकास अवधारणाको आशा गर्दछौँ ।” साझा विकासका लागि यो प्रस्ताव चीनले प्रस्तुत गरेको ‘बेल्ट एण्ड रोड’ अवधारणा हो ।
ल्याटिन अमेरिकामा चीनसँग मिलेर ‘बेल्ट एण्ड रोड’ अवधारणाप्रति राखिने उत्साह बढ्दै गइरहेको छ । प्राप्त पछिल्लो तथ्याङ्कअनुसार, ‘बेल्ट एण्ड रोड’ अवधारणा सम्बद्ध ल्याटिन अमेरिकी राष्ट्रहरूको सङ्ख्या २१ पुगिसकेको छ । ल्याटिन अमेरिकामा यो अवधारणा किन लोकप्रिय भयो ? किनभने यसले अघि सारेका सहयोगहरूमा चौडाइ र गहिराइ दुवै छ र दुवै पक्षका जनतालाई साँच्चै लाभान्वित गराउँछ ।
‘बेल्ट एण्ड रोड’ निर्माणको उद्देश्य सबैभन्दा प्रत्यक्ष प्रभाव भनेको चीन र ल्याटिन अमेरिका बीचको व्यापारको मात्रा बढाउनु र ल्याटिन अमेरिकालाई चीनको आर्थिक वृद्धिको लाभांश बाँड्नु हो । सन् २०२२ मा चीन र ल्याटिन अमेरिकाबीच व्यापारमा संलग्न रकम ४ खर्ब ८५ अर्ब ७९ करोड अमेरिकी डलर थियो । यसबाहेक, ‘बेल्ट एण्ड रोड’का केही सहयोग परियोजनाहरू ल्याटिन अमेरिकी देशहरूको दुर्गम क्षेत्रमा अवस्थित भएकोले यी परियोजनाहरूको कार्यान्वयनबाट प्रत्यक्ष रूपमा स्थानीय विकास र रोजगारी एवम् मानिसहरूको जीवनयापनमा सुधार ल्याइएको छ ।
अझ महत्वपूर्ण कुरा के हो भने बेल्ट एण्ड रोड अवधारणाबाट ल्याटिन अमेरिकी देशहरूमा नयाँ शक्ति थपिरहेको छ । साथै ती मुलुकहरूको आफूलाई विकास गर्ने क्षमतालाई पनि बढाइएको छ । हालसम्म हरित अर्थ, डिजिटल अर्थ र उच्च नयाँ वैज्ञानिक प्रविधि लगायत नयाँ शैलीको पूर्वाधार निर्माण सहयोग नै चीन–ल्याटिन अमेरिका सहयोगको नयाँ हाइलाइट बनिरहेको छ ।
चीनबाट प्रस्तुत बेल्ट एण्ड रोड अवधारणाले ती मुलुकहरूलाई विकासका समस्याहरूको राम्रो समाधान प्रदान गरेको कुरालाई ल्याटिन अमेरिकी देशहरू बुझेका छन् । चालु वर्ष बेल्ट एण्ड रोड अवधारणा प्रस्तुत भएको १० औँ वार्षिकोत्सव हो । चीनले उच्च गुणस्तरीय विकासको साथ चिनियाँ शैलीको आधुनिकीकरणलाई बढाइरहेको छ र ल्याटिन अमेरिकी देशहरूलगायत विश्वका विभिन्न मुलुकहरूको लागि थप अवसरहरू प्रदान गर्दै जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *