भर्खरै :

आ.व. २०८०।८१ को बजेट तर्जुमाको लागि शिक्षकबाट १८ बुँदे सुझाव

आ.व. २०८०।८१ को बजेट तर्जुमाको लागि शिक्षकबाट १८ बुँदे सुझाव

भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर नपाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, संयुक्त परीक्षा समिति भक्तपुर, आधारभूत विद्यालय समिति, ईसीडी शिक्षक सङ्घर्ष समितिका प्रतिनिधिहरूले बुधबार १८ बुँदासहितको लिखित सुझाव हस्तान्तरण गरे ।
विभिन्न समितिहरूले बुझाएको लिखित सुझावमा विद्यालयको भौतिक पूर्वाधार विकासका लागि विद्यालयको अनुगमन गरी आवश्यकताअनुसार बजेट विनियोजन गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापनलाई सहयोग पुग्ने गरी भक्तपुर केन्द्रित सङ्ग्रहालय सञ्चालन गर्नुपर्ने, विद्यालयमा कार्यरत सहयोगी, लेखा, प्रशासन सहायक र बाल विकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नुपर्ने, शैक्षिक अवलोकन भ्रमणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, विद्यार्थीहरूको स्वास्थ्य परीक्षणको बन्दोबस्त गर्नुपर्ने, शिक्षकहरूलाई कक्षागत तालिम, अन्तरक्रियालगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, सबै विद्यालयहरूमा विज्ञान तथा गणित प्रयोगशालाको व्यवस्था गर्नुपर्ने, नगरस्तरीय शैक्षिक प्रदर्शनीको आयोजना गर्नुपर्नेलगायतका सुझावहरू समेटिएका थिए ।
नेक्राशिसङ्घको तर्फबाट गणेशराम थुसा, संयुक्त परीक्षा समिति भक्तपुरका लक्ष्मीनारायण दुवाल, आधारभूत विद्यालय समितिका दीपक माक र ईसीडी शिक्षक सङ्घर्ष समितिका सीतालक्ष्मी छुस्याकीले लिखितरूपमा सुझाव बुझाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *