भर्खरै :

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएको बारे टिपोट – १९

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएको बारे टिपोट – १९

वरिष्ठ अधिवक्ता विश्वास आचार्यले भुटानी शरणार्थी प्रकरण सङ्गठित अपराध हो भने आपराधिक समूहको नाम र संस्थापक को हो ? भन्ने अभियोजनपत्रमा नखुलेको दाबी गरे ।
अधिवक्ता विकास भट्टराईले दुलाल पत्नीलाई क्यान्सर भएको हुँदा अमेरिका गएर उपचार गराउन सहज हुने भएकोले नक्कली भुटानी शरणार्थी बनेर उतै जान चाहेको दाबी गरे ।
अधिवक्ता विनोद शर्माले यस प्रकरणमा भण्डारीले चारजनासँग मात्रै पैसा लिएको स्वीकार्दै त्यो रकम बैङ्किङ कारोबारबाटै फिर्ता गरेको दाबी गरे । भण्डारीविरुद्ध जाहेरी दिने अधिकांशलाई स्वयं उनैले नचिनेको दाबी गर्दै अधिवक्ता शर्माले भने, “अनुसन्धानको क्रममा पनि सानु भण्डारीले आत्मदाह गर्न बाध्य नपारियोस् भनेका छन् । चिन्दै नचिनेका मान्छेले पैसा खायो भन्दै जाहेरी दिएपछि सानु भण्डारीले आत्मदाह नगरे के गर्छन् त ?”
(नागरिक २०८० जेठ २५)
राज्यविरुद्धको कसुर कसरी भयो, अभियोजन पक्षले पुष्टि गर्नुप¥यो, कि त राज्यविरुद्धको कसुरको परिभाषा परिवर्तन गर्नुपर्यो । दफा लगाउँदैमा प्रमाणित हुने हो र श्रीमान् ? प्रतिवादी केशव दुलालका तर्फबाट अधिवक्ता राजन भट्टराईले भने– “उहाँको जग्गाको कारोबार हो । मान्छेसँग कारोबार गर्नै नहुने हो ? सङ्गठितको अभियोग लगाइदिइहाल्ने ? अभियोग सुन्नलाई रमाइलो भए पनि पुष्टि हुने आधार नै छैन ।”
“एक करोड पैसा १७ केजी हुनेरहेछ । २८ करोडको लेखाजोखा खै ? छिनोफानोविनै अनुसन्धान अघि बढ्न सक्थ्यो ? तर, जिरो प्रमाणमा पनि बढाइयो । एक रुपैयाँ बरामद छैन । फितलो किसिमको अनुसन्धान छ, उहाँहरू ६० दिन लगाएर अनुसन्धान ग¥र्यौँ भनेर गर्व गर्नुहुन्छ, अधिवक्ता शर्माले भने ।
गजेन्द्र बुढाथोकी आफैँले ६० जनाभन्दा बढीबाट अमेरिका पठाउने नाममा पैसा सङ्कलन गर्दै हिँडेको, आफू पनि नक्कली शरणार्थी बनेर जान तयार भएको भन्दै यो पनि अपराध मानिनुपर्ने र उनीउपर अभियोजन हुनुपर्ने भनाइ अधिवक्ता शर्माको थियो ।
अधिवक्ता चूडामणि पोखरेलले सानु भण्डारी र टङ्क गुरुङको तर्फबाट बहस गर्दै प्रतिवादी र जाहेरवालाबीच पैसाको लेनदेन रहेको तथा भुक्तानीसमेत भइसकेको अवस्थामा नक्कली शरणार्थी प्रकरणसँग उक्त रकम लेनदेन जोड्न नमिल्ने दाबी गरे । सन्दीप रायमाझी र आफ्नो पक्षको साझा कम्पनी रहेको र उक्त कम्पनीको आय लिएको लेनदेन देखाएर ठगीको अभियोग लगाइएको उनको भनाइ थियो । कम्पनीबाट नाफा आर्जन गर्दा पनि त्यो ठगीको विषय हुन्छ ? व्यापारिक कारोबार र लेनदेनको विषय लिएर सङ्गठित अपराध र राज्यविरुद्धको कसुर लगाइदिने अधिवक्ता पोखरेलले भने ।
“कसैको बयानबाट टोपबहादुर रायमाझी प्रतिवादी हुने, तर अजयक्रान्ति शाक्य किन नहुने ? यो कतैबाट प्रेरित छ भन्ने देखिन्छ,” वरिष्ठ अधिवक्ता रिजालले भने ।
(नयाँ पत्रिका २०८० जेठ २५)
मिसिलमा पेस गरिएको डायरीको परीक्षण गर्न पनि कानुन व्यवसायीले माग गरेका छन् । बयानमा तानिएकै आधारमा कतिपयमा मुद्दा चलाइए पनि केही व्यक्तिलाई सोधपुछसमेत नभएको जिकीर प्रतिवादीका कानुन व्यवसायीको छ ।
(गोरखापत्र २०८० जेठ २५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *