भर्खरै :

रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन

रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन

भक्तपुर, १२ भदौ । भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन भएका छन् । बुधबार भोटेकोसीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरू सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार बिहान दिएको जानकारीअनुसार परिसरमा २८ परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले अलपत्रमा परेकाहरूको खोजी भइरहेको जानकारी दिनुभयो ।
धुन्चेमा अलपत्र परेकाको उद्धार
यसैबिच धुन्चेमा अलपत्र परी बसेकाहरूको खोजी तथा उद्धारगरी घर पठाउने काम सुरुआत गरिएको छ ।
गत बुधबार भोटेकोसीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरू धुन्चेमा अलपत्रमा परेका थिए । अन्यौलमा परेकाहरूको खोजी तथा उद्धार गरी वाग्मती प्रदेश सरकारले उनीहरूलाई आ–आफ्नो जिल्लातर्फ पठाउने कामको सुरुआत गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *