रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन
- भाद्र १२, २०८३
चितवन, १२ भदौ । भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम एक भेलाबिच शुक्रबार राप्तीको कोराकमा सम्पन्न भएको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चितवन र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ चितवनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपा चौथो जिल्ला सम्मेलन तयारी समिति, चितवनका संयोजक हरिप्रसाद दुवालले नेमकिपाले स्थापनाकालदेखि नै किसान आन्दोलन, मोहियानी हकको आन्दोलन, सफाइ आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनलगायतमा सक्रिय भूमिका रहेको बताउनुभयो ।
पार्टी जिल्ला संयोजक दुवालले पार्टीले सुरुदेखि नै व्यक्तिहत्याको विरोध गर्दै आएको बताउँदै कम्युनिस्टको नाममा भारतको नक्सलवादी आन्दोलन र झापा आन्दोलनमा भएको व्यक्तिहत्याको पार्टीका अग्रजहरूले विरोध गर्नुभएको स्मरण गराउनुभयो ।
नेमकिपाको कम्युनिष्ट विचार र सिद्धान्तबाट कामदारवर्ग राजनैतिक र साङ्गठनिक रूपमा सचेत र सङ्गठित भएको अवस्थाबाट पञ्चायत डराएर नै भक्तपुर काण्डमा नेमकिपालाई झूटो मुद्दामा फसाएको उहाँले भन्नुभयो ।
वर्तमान रास्वपा सरकारले शिक्षा, स्वास्थ्य र बिजुलीमा कर लगाएर बहुमत कामदार वर्गलाई दबाउन खोजेको उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपा, राप्तिका संयोजक अर्जुन प्रजाले नेमकिपाले महिलाहरूलाई राजनैतिक रूपमा सचेत र सङ्गठित पारेको कारण भक्तपुर काण्डको बेला पार्टीलाई जोगाउन सफल भूमिका खेल्न सकेको बताउनुभयो ।
नेक्रामहिलासङ्घ, चितवनका अध्यक्ष सुमित्रा महतोले भक्तपुर काण्डको बेला चितवनमा तत्कालीन चौम र मालेले नेमकिपाका कार्यकर्तालाई भड्काउने र बिगार्ने काम गरेकोबारे चर्चा गर्नुभयो ।
नेमकिपा भरतपुरका सदस्य रविन प्रधानले रास्वपा सरकार निषेधको राजनीति गरेर पञ्चायतपथतिर लागेको बताउनुभयो ।
नेक्रायुसङ्घ, चितवनका अध्यक्ष ज्ञानेन्द्र प्रजाले बहुमत जनताको पक्षमा काम गर्दा शासक वर्गको तारो हुने भएकोले सदा सतर्क रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी प्रकाश चेपाङ, ममता चेपाङलगायतले बोल्नुभएको थियो ।
Leave a Reply