भर्खरै :

भक्तपुरमा खानेपानी काकाकुल खानेपानी मन्त्री के गर्दै छन् ?

काठमाडौँ, २५ जेठ । नेपालका प्रधानमन्त्रीहरूले अरूण तेस्रो, तल्लो अरूण, अरूण चौथो, फुकोट कर्णाली, माथिल्लो कर्णाली, पश्चिम सेती, सेती नदीलगायतको ४६३९ मेगावाटको सात ओटा जलविद्युत् आयोजना भारतको कब्जामा दिए । भारतले तमोर ७५६ मेगावाट, मुगु कर्णाली १९०२ मेगावाट, माथिल्लो अरूण १०६१ मेघावाट गरी ३७१९ मेगावाट विद्युत् पनि कब्जा गर्दै छ । सरकारले यी सबै जलविद्युत् फिर्ता लिनुपर्दछ र नेपाललाई सुख्खा र अँध्यारो हुनबाट जोगाउनुपर्दछ ।
भक्तपुरको खानेपानीको स्रोत नगरकोट र बागेश्वरीको पाइप बिग्रिएको र मेलम्चीबाट आउने पानीको पाइप पनि बिग्रिएको हुँदा २५ दिनदेखि भक्तपुरका जनता खानेपानी नहुँदा काकाकुल अवस्थामा छन् । पीआईडी र केयूकेएलका अधिकारीहरू के गर्दै छन् ?
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि खानेपानीको समस्या छ । देशभरिको खानेपानीको स्थितिबारे खानेपानी मन्त्रीलाई संसद्मा स्पष्ट गर्न लगाउनु जरुरी छ ।
भारतले जुटको तयारी वस्तुमा लगाएको एन्टी डम्पिङ महशुल हटाउन नमानेको हुँदा प्रधानमन्त्रीलाई यसबारे संसद्मा स्पष्ट गर्न लगाउनु जरुरी छ ।
बजेटबारे छलफलमा एमालेका सांसद पृथ्वी सुब्बा गुरुङले बजेट पञ्चायतकालको जस्तै भएको उल्लेख गर्नुभयो ।
नेकाका विनोदकुमार चौधरीले बजेटको लक्ष्य ६ प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न ३० खर्बभन्दा बढी लागु गर्नुपर्ने बताउनुभयो ।
माओवादीका सांसद पूर्णबहादुर घर्ती मगरले बजेट मन्त्री र मन्त्री नजिकको पेवा बताइएकोमा विरोध गर्नुभयो ।
रास्वपाका सांसद रवि लामिछानेले संसद्मा भ्रष्टाचारको विषय उठ्छ तर पुराना शासक दलहरू आफ्नो पोल खुल्ला भनी डराउने उल्लेख गर्नुभयो ।
(उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा व्यक्त गर्नुभएको हो – सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *