नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपाका जनप्रतिनिधि र किसान सूचीकरणका गणकहरूबिच शुक्रबार ‘किसान सूचीकरण’ बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कृषि पेसा तथा व्यवसायमा संलग्न किसानहरूलाई नेपाल सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्रदान गर्ने उद्देश्यले किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम अगाडि सारिएको बताउनुभयो ।
उहाँले गणकहरूले त्रुटीरहित ढङ्गले तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिँदै वास्तविक किसानहरू यस प्रणालीमा समाविष्ट हुने गरी संवेदनशील ढङ्गले काम गर्न प्रेरित गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख एवम् किसान सूचीकरण समन्वय समितिका संयोजक रजनी जोशीले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्दै किसान सूचीकरण किसानको अधिकारसँग जोडिएको हुँदा गणकहरूले जनप्रतिनिधिहरूको सुझाव र साथमा रही काम गर्न मार्गनिर्देश गर्नुभयो ।
उक्त कार्यक्रममा समितिका सदस्य सचिव रवि ख्याजूले कार्यक्रमको परिचय, कार्य सञ्चालन विधि र किसान सूचीकरण प्रणालीबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, समितिका सदस्यद्वय गोविन्द दुवाल र राजकृष्ण गोराले पनि बोल्नुभएको थियो ।
Leave a Reply