नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिका वातावरण समितिको आयोजनामा पार्टी प्यालेस र भ्वय् छेँ व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम भनपाको सभाकक्षमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले नगरमा शिक्षा–स्वास्थ्य अवलोकन गर्न पर्यटकहरू बढिरहेकाले भविष्यमा पार्टी प्यालेस अध्ययन अवलोकन गर्न आउने गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“पार्टी प्यालेसहरूले फोहरमैला व्यवस्थापन, ध्वनि प्रदूषण, शुद्ध खाना, सफा, आकर्षण र हेर्नलायकको बनाउनु आवश्यक छ । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन नहोस् भन्नेमा सचेत रहनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले पार्टी प्यालेसहरूले कुहिने र नकुहिने फोहोर छुट्याएर बिर्सजन गर्न सुझाव दिनुभयो ।
भनपाले नगरवासीलाई रोजगारी सृजना हुने गरी विभिन्न विकास निर्माणका कार्यहरू गरिरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
कार्यक्रममा वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्वले हरेक भोजको गतिविधि घरमा नगरी पार्टी प्यालेसहरूमा सर्दै गएको चर्चा गर्दै पार्टी प्यालेसले हरियाली बगैँचा, पार्किङ, फोटो खिच्ने स्थल, ध्वनि प्रदुषणबाट मुक्त, पार्टी प्यालेस वरपर व्यवस्थापन र सीसी क्यामराको व्यवस्थापन सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले स्वस्थकर भोजन, मिसावट नभएको शुद्ध परिकार पार्ट प्यालेस व्यवस्थापकले ध्यान दिनुपर्ने बताउनुभयो ।
वातावरण समितिका सदस्य योगेन्द्रमान बिजुक्छेँले मूर्त–अमूर्त सम्पदामा भोज अमूर्त सम्पदा भएकोले व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भेलामा सहभागीहरू सिद्धिवीर कर्माचार्य, लक्ष्मीप्रसाद ढुकुछु, रत्नप्रसाद प्रजापति, तुला सितिखु, जितेन्द्र खायमलीलगायतले सुझाव दिनुभएको थियो ।
Leave a Reply