भर्खरै :

भीम आदर्शमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

भीम आदर्शमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्णप्रसाद कोजुको प्रमुख आतिथ्यमा भीम आदर्श आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीहरूलाई शुक्रबार स्वागत गरियो ।
कार्यक्रममा अतिथि कोजुले निजी विद्यालयसँग प्रतिस्पर्धाको लागि सामुदायिक विद्यालयको अतिरिक्त क्रियाकलापले सघाउ पुग्ने बताउनुभयो ।
विद्यालयका प्रअ दीपक माकले देश र समाजको लागि उपयोगी विद्यार्थी तयार गर्न विद्यालयका शिक्षकहरू लागिपरेको बताउँदै विद्यार्थीहरूलाई पनि सोहीअनुरूप उज्ज्वल भविष्यको लागि शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा सहभागिता गराइरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उहाँले विद्यार्थीहरूको क्षमता अभिवृद्धिको लागि विद्यालयले उपयुक्त मञ्च तयार गरिरहेको बताउनुभयो ।
विद्यालयका शिक्षकद्वय रजनी कर्माचार्य र सत्यराम कासिछ्वा तथा कक्षा ६ की विद्यार्थी खुसी तामाङलगायतले बोल्नुभएको सो कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *