भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
शरणार्थी नेता रिजाल आरोपितमध्ये एक त्यस्ता पात्र हुन्, जसले सुरूदेखि नै आफ्नो बयानमा एकरूपता कायम गर्दै आएका छन् । उनले अनुसन्धानमा खटिएका प्रहरी, सरकारी वकिलसँगको बयान र जिल्ला अदालत काठमाडौँमा दिएको बयानमा लगभग उस्तै कुरा दोहो¥याइरहेका छन् । उनीबाहेक अधिकांश अन्य आरोपितहरूले प्रहरी र सरकारी वकिलको रोहबरमा बयान दिँदा फरक–फरक दिएका छन् ।
प्रहरीसँगको बयानमा ‘साविती बयान’ दिएको भनिएका गिरोहका नाइकेहरू केशव दुलाल र सानु भण्डारी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेदेखिका अभियुक्तहरूले अदालतको कठघरामा ‘इन्कारी बयान’ दिएका छन् । (नागरिक जेठ २७)
नागरिकता विधेयक प्रमाणीकरण
न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले जेठ २१ गतेको अल्पकालीन आदेशलाई निरन्तरता दिंँदै विधेयक प्रमाणीकरणको प्रति झिकाउन आदेश दिएको हो ।
मन्त्रिपरिषदको जेठ १२ गते बसेको बैठकले अघिल्लो संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नभई शीतल निवासमा थन्किएको र त्यसलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई स्मरण गराएको थियो । मन्त्रिपरिषदले स्मरण गराएकै आधारमा नौ महिनादेखि राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विधेयकलाई जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले जेठ २१ गते रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गरी राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्नुको कारण सोध्दै त्यसलाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । – नागरिक जेठ २७
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचार नियन्त्रण तथा आर्थिक सामाजिक रूपान्तरणको लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने बताउनुभयो ।
तथ्य प्रमाणबिना अभियुक्तले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग रहेको बताउनुभयो । – गोरखापत्र जेठ २७
बजेटः जेठमा मूल्यवृद्धि बढ्ने
पर्यटनसँग सम्बन्धित १५ वटा संस्थाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पाँचतारे होटलमा लगाएको विलासिता कर, विदेश घुम्न जाने नेपालीलाई लगाएको वैदेशिक पर्यटन शुल्क र हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेका हुन् ।
राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ ।
वैशाखसम्म नेपालबाट बाहिरिनेभन्दा भित्रने रकम अर्थात् शोधनान्तर अवस्था दुई खर्ब १४ अर्ब ६७ करोड रूपियाँले बचतमा छ । नेपाल र अन्य देशबिच हुने कारोबारको हिसाबकिताब राखिने चालु खाता भने ५४ अर्ब ६७ करोड रूपियाँले घाटामा छ । गत वैशाखसम्म चालु खाता पाँच खर्ब ४५ अर्ब ६ करोड रूपियाँले घाटामा थियो । – गोरखापत्र जेठ २७
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्नु र अमेरिकी डलर मजबुत बन्नु रेमिट्यान्स बढ्नुको मुख्य कारण रहेको श्रेष्ठ बताउँछन् । साउनदेखि वैशाखसम्मको १० महिनामा संस्थागत तथा व्यक्तिगत गरी ४ लाख २१ हजार २ सय ७९ नेपालीले अन्तिम श्रम स्वीकृति (नयाँ) लिएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल १३ खर्ब ३५ अर्ब रूपैयाँको वस्तु आयात भएको छ ।
मुलुकको शोधनान्तर स्थिति वैशाख मसान्तसम्म २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा छ ।
वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत थियो । जेठमा भने मूल्यवृद्धि बढ्ने राष्ट्र बैङ्कको अनुमान छ । ‘बजेटमार्फत कतिपय वस्तुको कर बढेको छ, यसले गर्दा जेठ र असारमा मूल्यवृद्धि केही बढ्न सक्छ’ श्रेष्ठले भने । तरकारी र फलफूलमा भ्याट लगाइनु, खाने तेलमा कच्चा पदार्थको भन्सार बढ्नुलगायत बजेटका व्यवस्थाले आगामी महिनामा मूल्यवृद्धिमा चाप पर्ने अनुमान छ ।
औसत ब्याजका दर भने पोहोरभन्दा बढी देखिन्छ । निक्षेपको भारित औसत ब्याजदर ७.२५ रहेकामा हाल ८.०८ र कर्जाको भारित औसत ब्याजदर ११.४२ प्रतिशत रहेकोमा अहिले १२.६५ प्रतिशत छ । – कान्तिपुर जेठ २७
Leave a Reply