इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
पेइचिङ, २७ जेठ (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शुक्रबार बेलुकी दक्षिण अफ्रिकी राष्ट्रपति माटामेला सिरिल रामाफोसासँग टेलिफोन वार्ता गर्नुभएको छ ।
सी चिनफिङले चीन र दक्षिण अफ्रिका महत्वपूर्ण विकासोन्मुख मुलुक हुनुका साथै दुई मुलुकको सम्बन्ध विकासोन्मुख मुलुकहरूबिचको साझा हितको संरक्षण गर्न र चीन–अफ्रिका एकता तथा सहयोगको निर्देश गर्नका लागि महत्वपूर्ण रणनीतिक अर्थ रहेको कुरा बताउनुभयो ।
सीले चालू वर्ष ब्रिक्सको ‘दक्षिण अफ्रिकी वर्ष’ भएकाले दुई मुलुकको सम्बन्धको सामु विकासको मौका देखापरेको बताउनुभयो । चीनले दक्षिण अफ्रिकासँग दुई मुलुकको सम्बन्धको स्तरलाई माथि उकास्ने, चीन र दक्षिण अफ्रिकाको उच्चस्तरीय भाग्य समुदायको सिर्जना गर्ने, बहुपक्षीयतावादको अक्षरशः पालना गर्ने, विकासोन्मुख मुलुकहरूको साझा हितको संरक्षण गर्ने आशा लिएको कुरा सीले व्यक्त गर्नुभयो ।
प्रत्युत्तरमा रामाफोसाले दक्षिण अफ्रिकाले चीनसँग दुई मुलुकको सम्बन्धलाई अगाडि बढाउने, चीनलगायतका ब्रिक्स सदस्य मुलुकहरूसँग ब्रिक्स मुलुकहरूको सहयोग गर्ने र समन्वय सबल पार्ने कुरा बताउनुभयो ।
Leave a Reply