इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पेइचिङ, २८ जेठ (सीआरआई) । ‘आणविक हतियार अप्रसार सन्धिको सिद्धान्त र अभ्यासको अभूतपूर्व उल्लङ्घन’, ‘अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीमा गम्भीर प्रहार’… बितेका केही दिनमा अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीको अमेरिका, बेलायत र अष्ट्रेलियाबिच आणविक पनडुब्बीहरूको सहयोग विषयक जुन महिनाको परिषद सम्मेलनमा सहभागी विभिन्न पक्षहरूले दृढतापूर्वक विरोध गरेका छन् । चिनियाँ प्रतिनिधिले यस विषयमा विशेष भाषण दिँदै संस्था र सरकारबिचको छलफल प्रक्रियालाई संयुक्तरूपमा अगाडि बढाउन सबै पक्षलाई आह्वान गरेका छन् । रुस, पाकिस्तान, इन्डोनेसिया र ब्राजिललगायत २० वटाभन्दा बढी देशका प्रतिनिधिहरूले चीनको अडानको समर्थन गर्दै अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणाली र अन्तर्राष्ट्रिय नियमको संरक्षण गर्न आह्वान गरेका छन् ।
यो छलफल, चीनको प्रयासमा अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीले लगातार आठ पटक गरी सरकार–सरकारबिच यसै विषयबारे गरेको छलफल हो जसले फेरि एकपटक अमेरिका, बेलायत र अष्ट्रेलियाले एजेन्सीको सचिवालयलाई बाध्य पार्ने प्रयास विफल तुल्याएको छ । आणविक पनडुब्बी सहयोगको नाममा यो सानो समूहले अष्ट्रेलियालाई अमेरिकाको भूराजनीतिको कार्यान्वयनको अग्रगामी स्थानमा राख्न खोज्दै भू–राजनीतिक स्वार्थको लागि एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय द्वन्द्व र टकराव भड्काउन चाहन्छ ।
उक्त सम्मेलनको अवस्थाबाट हेर्दा, ती ३ देशहरूको आणविक पनडुब्बी सहयोगले कडा विरोधको सामना गर्नुपर्नाको कारण भनेको उनीहरूको अभ्यासले वैधता, प्रक्रिया र नियमहरूको सन्दर्भमा खराब नमुना अघि सारेको छ र ल्याइएको नकारात्मक असर खतरनाक र विशाल छ ।
कानुनी दृष्टिकोणबाट हेर्दा, अमेरिका–बेलायत–अस्ट्रेलिया आणविक पनडुब्बी सहयोग ‘आणविक हतियारको अप्रसार सन्धि’, ‘अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीको विधान’ र ‘दक्षिण प्रशान्त महासागरको आणविक–मुक्त क्षेत्र सन्धि’ विपरीत भएको छ र वास्तवमा आणविक प्रसार गर्न खोजेको छ ।
प्रक्रियागत दृष्टिकोणबाट हेर्दा, ‘आणविक हतियारको अप्रसार सन्धि’ को सदस्यको रूपमा अमेरिका, बेलायत र अष्ट्रेलियाले आणविक सहयोगलाई अघि बढाउन अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीद्वारा मान्यता लिनुपर्ने आवश्यकता छ । अन्तर्राष्ट्रिय समुदायको विरोधको सामना गर्दै, ती ३ देशहरूले प्रक्रियाहरू हेरफेर गर्न र आणविक पनडुब्बी सहयोगलाई बलपूर्वक ‘सफा’ पार्न सक्दो प्रयास गरिरहेका छन् ।
नियमको दृष्टिकोणबाट हेर्दा, अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीभित्र तीन देशहरू बिचको आणविक पनडुब्बीहरू सहयोगबारे छलफल हुँदा वास्तविक बहुपक्षीयतालाई कायम राख्नुपर्दछ र छलफल भएर सहमतिको सिद्धान्तको पालना गर्नुपर्दछ । ‘नियममा आधारित अन्तर्राष्ट्रिय परिपाटी’ को नारा कराउँदै अमेरिका, बेलायत र अस्ट्रेलियाले पक्ष रोज्न सदस्य राष्ट्रहरूमाथि दबाब दिइरहेका छन् । तिनीहरूले दोहोरो मापदण्ड अवलम्वन गरिरहेको गतिविधि नै अन्तर्राष्ट्रिय नियमहरूलाई भङ्ग पार्ने प्रमाण बनेको छ ।
एशिया–प्रशान्त क्षेत्र सहयोग र विकासका लागि मैत्री भूमि हो, ठूला शक्तिहरूले खेल खेल्ने मैदान होइन । आणविक सुरक्षा मानवजातिको भविष्यसँग सम्बन्धित छ र कसै–कसैको स्वार्थ पूरा गर्ने राजनीतिक औजार होइन । अमेरिका, बेलायत र अस्ट्रेलियाको ‘आणविक षड्यन्त्र’ को प्रकृति खराब छ, उद्देश्य अशुद्ध छ र प्रभाव पनि अत्यन्त हानिकारक छ ।
यसै सन्दर्भमा यसलाई अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीका सदस्यहरूले संयुक्तरूपमा व्यवस्थापन गर्नुपर्दछ । यदि कसैले प्रशान्त महासागरलाई आँधीबेहरीको महासागरमा परिणत गर्न चाहन्छ भने एसिया–प्रशान्त क्षेत्रका जनता कहिल्यै सहमत हुनेछैनन् ।
Leave a Reply