भर्खरै :

दोस्रो अफिम युद्ध

दोस्रो अफिम युद्ध

चीनको छिङ सरकार र ताइपिङ विद्रोहीबिच भीषण सङ्घर्ष भइरहेको थियो । छिङ सरकार अत्यन्त अप्ठेरोमा थियो । बेलायत, फ्रान्स र अमेरिकाले अक्टोबर १८५६ मा उत्तर र दक्षिणमा आक्रमण गरे । त्यसलाई चिनियाँ इतिहासमा दोस्रो अफिम युद्ध भनिन्छ ।
पेइचिङको सुन्दर गृष्म दरबार (Yuan Ming Yuan-Summer Palace) लाई विदेशी आक्रमणले ध्वस्त पा¥यो ।
१८६० जुलाई २ अगष्ट महिनामा बेलायती फ्रान्सेली र अमेरिकीहरू मिलेर साङ्घाई क्षेत्रमा ताइपिङ क्रान्तिकारी क्षेत्रमाथि आक्रमण ग¥यो र विद्रोहीहरूलाई छिङ सरकारसँग अक्टोबरमा येनसिन सन्धि (Treaties of Tientsin) गराउन बाध्य पारे । त्यस सन्धिले १० वटा नयाँ बन्दरगाहहरू विदेशीको निम्ति बोल्यो, विदेशीहरूले चीनमा स्वतन्त्र व्यापार गर्न पाउने भए, पारवहन कर हटाइयो, धर्म प्रचार गर्न पाउने, चर्च बनाउन पाउने र २० लाख सुनको इँटा वा मुद्रा क्षतिपूर्ति दिन छिङ सरकार बाध्य भयो ।
ताइपिङहरूले विदेशीहरूको निम्ति १० वटा बन्दरगाहहरू खोल्ने खालको सन्धि गर्न मानेका थिएनन् । तर, चेन यु–चेङ (Chen Yu-Chang) भन्ने १४ वर्षका एकजना ‘बाल सैनिक’ लडाइँकै सिलसिलामा एक सेना नायकको रूपमा उदय भयो । आनकिङ (Anking) को पतनपछि उनी उत्तरको अभियानमा लागे । चेन यु–चेङ केही साथीहरूसँग शोउचोउ (Shouchow) नगरमा प्रवेश हुँदा उनी शत्रुसँग मिलेको विश्वासघातीले गर्दा छिङ सरकारको गुटबाट उनी पक्राउ परे ।
चेन यु–चेङलाई समर्पण गराउन खोज्दा उनले भगुवाहरूको अगाडि नझुक्ने र आत्म सम्मानको निम्ति आफू मर्न तयार रहेको बताए । ४ जून १८६२ मा उनी होनान (Honan) प्रान्तको ऐन्चिन (Yanchin) मा मारिए । त्यसबेला उनी भर्खर २६ वर्षका थिए । यस्ता वीरहरू ताइपिङमा धेरै थिए ।
साङघाई र निङपोमा विदेशीहरूले नयाँ–नयाँ हातहतियार थपे । नयाँ नयाँ सेना र जहाजहरूको प्रयोगले ताइपिङ विद्रोहलाई क्षति पु¥यायो । तर, ताइपिङ विद्रोहीहरू विदेशीका सहयोगी सरकार र साम्राज्यवादीहरूसँग नझुकी सङ्घर्ष गर्दै गए ।
देशी र विदेशीहरू एक हुँदा १८६२ पछि ताइपिङहरूको निम्ति स्थिति झन्झन् गा¥हो हुँदै गयो, राजधानी थिनचिङलाई कियाङसु (Kiangisu) प्रान्त र चेकियाङ (Chekiang) प्रान्त दुवैतिरबाट घेरिंँदै गयो । ताइपिङभित्रै पनि अनेक घात – प्रतिघात देखियो ।
१८६४ मई महिनामा ताइपिङको अन्तिम गढ दक्षिणी कियाङसुको पतन भयो । १ जून १८६४ मा ताइपिङ स्वर्गीय अधिराज्यका नेता हुङ स्यु च्युनको बिरामीको कारण मृत्यु भयो ।
हुङ स्यु च्युनको मृत्युपछि उनको १६ वर्षे जेठो छोरो हुङ तीनकुइ फु (Hung Tienkuai-Fu) लाई स्वर्गीय राजाको उत्तराधिकारी घोषणा गरियो । राजधानीलाई चारैतिर छिङ सेनाले घेरेको थियो भने भित्र खानेकुराको पूर्ण अभाव हुँदै गयो ।
जुलाई १८६४ मा शत्रु सेना नगरभित्र पस्यो र दुवैतिर भीषण सङ्घर्ष भयो । ताइपिङ क्रान्तिकारीहरू अन्तिम व्यक्ति र अन्तिम सास भएसम्म सङ्घर्ष गर्दै मरे ।
देशी र विदेशी प्रतिक्रियावादी सेनाले लुटपाट र निर्मम हत्याकाण्ड मच्चाउँदै गयो । सुन्दर सहरलाई आगो लगाइदियो । ७ दिनपछि सहर खरानीमा परिणत भयो ।
१० जनवरी १८६८ किसान सेनाको नेता लाई वेन क्वाङ (Lai Wen Kuang) शान्तुङ (Shantung) को याङचो (Yangchow) मा पक्राउ परे र मारिए ।
१८६७ को सुरुमा चाङ त्सुङ–यु (Chang Tsung-Yu) को किसान विद्रोही सेना शान्सी (Shansi) प्रान्तको सियान (Sian) को नजिक छिङ सरकारको सेनासँग भिड्यो ।
यो सेना १८६८ अगस्तमा शान्तुङ (Shantung) प्रान्तको चिहपिङ (Chihping) मा पराजित भयो । स्वर्गीय राजधानी पतनको ४ वर्षपछिसम्म किसान सेना चीनको विभिन्न प्रान्तका शत्रुमाथि धावा बोल्दै शत्रुलाई छकाउँदै र थकाउँदै लड्दै रह्यो ।
ताइपिङ स्वर्गीय अधिराज्यको आन्दोलन चिनियाँ इतिहासमा सबैभन्दा ठूलो एक किसान क्रान्ति थियो । राजनैतिक र सैनिक नेतृत्वमा मतभेद, राजनैतिक र सैनिक गल्तीहरू तथा देशी र विदेशी प्रतिक्रियावादीहरूको संयुक्त हमलामा त्यो क्रान्तिकारी सेना टिक्न सकेन ।
त्यो क्रान्ति पूरा किसान क्रान्ति भएको हुँदा अर्ध–उपनिवेश र अर्ध सामन्ती समाजको स्थितिमा सर्वहारावर्गको नेतृत्व थिएन ।
१८५१ देखि १८६४ सम्मको ताइपिङ विद्रोह छिङ सरकार र जमिनदारवर्ग एवं साम्राज्यवादी आक्रमणहरूको निम्ति ठूलो प्रहार थियो ।
त्यसरी नै क्विचाओ (Kweichow) प्रान्तका म्याओ (MIAO) जाति, युनान (Yunnan) प्रान्तका हुई (Hui) जातिका जनता र किसान जनताले छिङ सरकार र विदेशी आक्रमणहरूको विरोधमा सङ्घर्ष गर्दै रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *