भर्खरै :

कपन बहुमुखी क्याम्पसका प्राध्यापकहरूको टोली भक्तपुर नगरपालिकामा

कपन बहुमुखी क्याम्पसका प्राध्यापकहरूको टोली भक्तपुर नगरपालिकामा

भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँको कपन बहुमुखी क्याम्पसका प्राध्यापकहरूको टोलीले मङ्गलबार भेट गर्नुभयो ।
भेटमा उहाँहरूबीच भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको सञ्चालन विधि, ऐन नियम, व्यवस्थापन आदि विषयमा छलफल हुनुका साथै बुढानीलकण्ठस्थित कपन बहुमुखी क्याम्पस सञ्चालन तथा व्यवस्थापनको विषयमा अनुभव आदानप्रदान भयो ।
उक्त भेटमा कपन बहुमुखी क्याम्पसका प्राध्यापक जगतप्रसाद उपाध्याय, प्रा.कमल गौतम, सह प्राध्यापक केदार पुडासैनी, क्याम्पस प्रमुख भूमिदत्त पौडेल, बुढानीलकण्ठ नपाका शिक्षा अधिकृत इन्द्रप्रसाद दाहाल, माधवप्रसाद आचार्य, विष्णुप्रसाद शर्माको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *