इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पेइचिङ, ३० जेठ (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जून १२ का दिन दिउँसो जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका होन्डुरसका राष्ट्रपति क्यास्ट्रोसँग भेट–वार्ता गर्नुभएको छ ।
वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले दुवै देशबिच दौत्य सम्बन्ध कायम भएयता दुवै देशको सम्बन्ध तीव्र गतिले विकसित हुँदै त्यसबाट सकारात्मक शक्ति र फराकिलो भविष्य पनि प्रदर्शन भएको जनाउनुभएको छ ।
चीनले दृढताका साथ चीन–होन्डुरस मैत्रीपूर्ण सम्बन्धको विकास गर्नुका साथै अडिग रूपमा होन्डुरसको आर्थिक र सामाजिक विकासलाई समर्थन गर्दै जाने कुरा पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ । होन्डुरससँगै मिलेर आपसी सम्मान, पारस्परिक समान र आपसी हितयुक्त र तथा साझा विकास हुने राम्रो साथी र असल साझेदार बन्न चीन इच्छुक रहेको कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ ।
होन्डुरसका राष्ट्रपति क्यास्ट्रोद्वारा जननायकको स्मारकमा माल्यार्पण जुन १२ का दिन होन्डुरसका राष्ट्रपति क्यास्ट्रोको पहिलो चीन भ्रमण चौथो दिनमा प्रवेश गरेको छ । बिहानै उहाँ थ्यान आन मन चोकमा पुगेर जननायकको स्मारकमा माल्यार्पण गर्नुभएको छ ।
क्यास्ट्रो चीन भ्रमण गर्नुहुने होन्डुरसका पहिलो राष्ट्रपति हुनुहुन्छ । यस वर्षको मार्च २५ तारिख होन्डुरसले चीनको थाइवानसँग ‘कूटनीतिक सम्बन्ध विच्छेद’ को आधिकारिक घोषणा गरेको थियो । अर्को दिन चीन र होन्डुरसले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।
चीनस्थित होन्डुरस दूतावासले जून ११ तारिख उद्घाटन समारोह आयोजना गरेको छ । होन्डुरस र चीनका विदेशमन्त्रीहरूले संयुक्त रूपमा अनावरण गर्नुभएको थियो । चीनका राज्य परिषदका सदस्य तथा परराष्ट्रमन्त्री छिन काङले राष्ट्राध्यक्ष सी चिन फिङ र राष्ट्रपति क्यास्ट्रोबीचको ऐतिहासिक भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने र नयाँ विकास हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
Leave a Reply