भर्खरै :

कसरी अस्त्र उद्योगहरूले युक्रेन बहसलाई प्रभाव पार्छन् ?

कसरी अस्त्र उद्योगहरूले युक्रेन बहसलाई प्रभाव पार्छन् ?

“यसको बारेमा हामी क्रूर हुनको लागि, हामीले रूसीहरूको ठूलो सङ्ख्यालाई भगाउनुपर्छ, रुसी भूमि उजाड पार्नुपर्छ, उनीहरूका अफिसरहरूलाई गोली हान्नुपर्छ, बन्दी बनाउनुपर्छ वा मार्नुपर्छ । रुसको पराजयका लागि निस्सन्देह ठूलो, रक्तपातपूर्ण गडबडी हुनुपर्दछ ।‘त्यसको लागि, अत्यन्त जरुरी कुरा पश्चिमले युक्रेनले प्रयोग गर्न सक्ने सबै कुरा दिनुपर्छ ।” एट्लान्टिकमा पत्रिकामा प्रकाशित आफ्नो लेखमा इलियट कोहेन तर्क गर्छन् ।
इराकमा अमेरिकी आक्रमणको लागि कुख्यातरूपमा जोड दिएका कोहेनले न त एट्लान्टिकले उक्त लेखबारे राम्ररी विचार पु¥याएका छन् । कोहेनले लेखमा उल्लेख गरेका अधिकांश हतियारहरू – जसमा लामो दूरीको मिसाइलहरू, एफ–१६ युद्धविमानहरू र एफ–३५ रकेट लञ्चरहरू पनि समावेश छन् । ती हतियारहरू कोहेनका लगानीकर्ताहरूले र रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रले निर्माण गरेका हुन् ।
यद्यपि यो स्वार्थको स्पष्ट द्वन्द्वजस्तो लाग्न सक्छ जुन कम्तीमा यस लेखमा स्पष्ट गरिनुपर्छ, न्यू क्विन्सी इन्स्टिच्युटले खुलासा ग¥यो कि मैले लेखेको लेख “हतियारका ठेकेदारहरूले लगानी गरेका थिङ्क ट्याङ्कहरू युक्रेन बहसमा हावी छ,” कुनै अपवाद होइन बरु सामान्य हो । अमेरिकाको शीर्ष विदेश नीति थिङ्क ट्याङ्कहरू अस्त्र उद्योगहरूको रकमले पोषिएकाहरूबाट भरिएका छन् ।
उनीहरूले युक्रेन युद्धसँग सम्बन्धित मिडिया बजारमा प्रभुत्व जमाएका छन् र उनीहरूले विरलै मात्र खुलासा गर्छन् कि उनीहरूले युक्रेनलाई दिन संरा अमेरिकासित सिफारिस गरेका धेरै हतियारहरू उनीहरूका लगानीकर्ताहरूले निर्माण र बिक्री गरेका हुन् ।
सारमा, जब तपाइँ युक्रेन युद्धमा एक थिङ्क ट्याङ्क विद्वानको टिप्पणी सुन्नुहुन्छ भने बुझनुस् कि युद्धबाट लाभ उठाउनेहरूद्वारा पालित पोषित कुनै वक्ता बोलिरहेको छ, तर तपाइँलाई यो तथ्य सायद कहिल्यै थाहा हुने छैन । किनभने अमेरिकामा शीर्ष श्रेणीका विदेशी नीति थिङ्क ट्याङ्कहरूको ७८ प्रतिशतले पेन्टागन वा यसका हतियारका ठेकेदारहरूबाट कोष अर्थात् रकम प्राप्त गर्दछ, जुन नयाँ व्याख्यामा सङ्क्षिप्तमा दस्तावेजकृत गरिएको छ ।
सबैभन्दा शीर्षमा, रक्षा÷अस्त्र उद्योगको प्रभाव अझ बढी छः शीर्ष १० श्रेणीका विदेश नीति थिङ्क ट्याङ्कहरूमध्ये अधिकांशले अस्त्र उद्योग क्षेत्रबाट रकम प्राप्त गर्दछन् । र, धेरै थिङ्क ट्याङ्कहरूका लागि, रक्षा कोषको डूलो रकम जान्छ । उदाहरणका लागि सीएसआईएस, सेन्टर फर ए न्यू अमेरिकन सेक्युरिटी (सीएनएएस) र द एट्लान्टिक काउन्सिलले रक्षा क्षेत्रबाट वर्षमा करोडौँ डलरभन्दा बढी प्राप्त गर्ने प्रतिवेदनले औँल्याउँछ ।
पर्याप्त रक्षा क्षेत्र कोष प्राप्त गर्ने यी र अन्य थिङ्क ट्याङ्कहरूले सार्वजनिक रूपमा युक्रेन युद्धमा थप सैन्य अस्त्रसहितका अमेरिकी प्रतिक्रियाहरूको लागि वकालत गरिरहेका छन् । र, थोरै वा धेरै कुनै रक्षा क्षेत्रको कोष स्वीकार गर्नेहरूले नै अमेरिकी थिङ्क ट्याङ्कहरूमा र युक्रेन युद्धसँग सम्बन्धित सञ्चारमाध्यमको परिदृश्यमा प्रभुत्व जमाएका छन् ।
न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलमा प्रकाशित युक्रेन युद्धसम्बन्धी लेखहरूमा यी शीर्ष श्रेणीका विदेशी नीति थिङ्क ट्याङ्कहरूबारे सङ्क्षिप्त विश्लेषण गरिएको छ । यस विश्लेषणले के पत्ता लाग्यो भने सञ्चार माध्यमहरूले रक्षा क्षेत्रको समर्थन भएको थिङ्क ट्याङ्कलाई उद्धृत गर्ने सम्भावना सात गुणाभन्दा बढी थियो जबकि उनीहरूले अरु थिङ्क ट्याङ्कलाई उद्धृत गर्ने सम्भावना निकै कम रहेको छ । सारमा हामीले अध्ययन गरेका १,२४७ थिङ्क ट्याङ्क तथा मिडियाहरूमध्ये १,०६४ (वा ८५ प्रतिशत) रक्षा क्षेत्रले प्रदान गर्ने कोषमा निर्भर रहेका उल्लेख छ । र, युक्रेन युद्धसम्बन्धी लेखहरूमा उल्लेख गरिएका दुईवटा थिङ्क ट्याङ्कहरू सीएसआईएस र द एट्लान्टिक काउन्सिल अस्त्र उद्योगका डलरले भरिएका थिङ्क ट्याङ्कहरू हुन् ।
यद्यपि, हामीलाई रक्षा क्षेत्रबाट सीएसआईस र एट्लान्टिक काउन्सिलको कोषको केही हद मात्र जानकारी छ किनभने दुवै थिङ्क ट्याङ्कहरू आफ्ना दाताहरूको बारेमा प्रशंसनीयरूपमा पारदर्शी छन् र सबै कोषदाताहरू तिनीहरूको वेबसाइटहरूमा कोषको दायराभित्र सूचीबद्ध छन् । दुर्भाग्यवश, संरा अमेरिकाका धेरै शीर्ष थिङ्क ट्याङ्कहरू पारदर्शी छैनन् । वास्तवमा, शीर्ष अमेरिकी विदेश नीति थिङ्क ट्याङ्कहरूको लगभग एक तिहाइले आफ्ना दाताहरू सार्वजनिकरूपमा खुलासा गर्दैनन् । यसमा अमेरिकी इन्टरप्राइज इन्स्टिच्युट (एईई) जस्ता युक्रेन युद्धको बारेमा सञ्चार लेखहरूमा उल्लेख गरिएका केही थिङ्क ट्याङ्कहरू समावेश छन् । यद्यपि एईई विद्वानहरूले सार्वजनिक कार्यक्रमहरूमा खुलासा गरेका छन् कि उनीहरूको त्यस सङ्गठनले रक्षा ठेकेदारहरूबाट कोष प्राप्त गर्दछ, संस्थाले आफ्नो वेबसाइटमा आफ्ना दाताहरूको सूची भने रोखेको छैन ।
अमेरिकी सञ्चारमाध्यमहरू र उनीहरूले उद्धृत गरेका विज्ञहरूको स्वार्थको द्वन्द्वको बारेमा पारदर्शी छैनन् । वास्तवमा, सङ्क्षेपमा विश्लेषण गरिएको कुनै पनि सञ्चारमाध्यमले थिङ्क ट्याङ्हरूको रक्षा उद्योग कोषको खुलासामा साथ दिएको थिएन । उनीहरू अधिकांशतः उनीहरूको कोषदाताहरूलाई आर्थिक रूपमा फाइदा पु¥याउने नीतिहरू सिफारिस गर्ने गर्छन् । यी सबैले फाइदाका लागि धेरै स्पष्ट सिफारिसहरू गर्ने गर्छन् ।
पहिलो, अमेरिकी संसद्ले थिङ्क ट्याङ्कहरूले आफ्नो कोषबारे प्रस्ट गर्ने जनादेश दिनुपर्छ । नीति निर्माण प्रक्रियामा थिङ्क ट्याङ्कहरूको प्रमुख भूमिका र उनीहरूले रक्षा उद्योग, विदेशी सरकारहरू र अन्य विशेष चासोहरूबाट प्राप्त गर्ने ठूलो रकमलाई ध्यानमा राख्दै, जनता र नीति निर्माताहरूले उनीहरूले सुनिरहेका थिङ्क ट्याङ्क विशेषज्ञलाई कसले आर्थिक सहयोग गरिरहेको छ भनेर जान्न आवश्यक छ ।
दोस्रो, सञ्चारमाध्यमहरूले प्रमुख अमेरिकी विदेश नीति निर्णयहरूको बारेमा उद्धृत गर्दै स्रोतहरूसँग रुचिको सङ्क्षिप्त नोटको रूपमा कुनै पनि सम्भावित द्वन्द्वको रिपोर्ट गर्नुपर्छ । यो सूचना नदिई सञ्चार माध्यमले आफ्ना पाठक, श्रोता वा दर्शकलाई धोका दिइरहेका छन् ।
थिङ्क ट्याङ्क कोषले थिङ्क ट्याङ्कको कामलाई कसरी प्रभाव पार्छ भन्ने अनुसन्धानको बढ्दो कोरसलाई ध्यानमा राख्दै, कम्तीमा सञ्चारमाध्यमहरूले आफ्ना पाठकहरूलाई विशेष गरी उनीहरूले युद्ध र शान्तिका प्रश्नहरूमा टिप्पणी गर्दा स्रोत पक्षपाती हुन सक्छ भन्ने कुरा बताउन सक्नुपर्छ ।
(How weapons firms influence the Ukraine debate)
– MRonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *