भर्खरै :

१९ औँ एसियन गेम्सको बक्सिङको अन्तिम छनोट सम्पन्न

१९ औँ एसियन गेम्सको बक्सिङको अन्तिम छनोट सम्पन्न

भक्तपुर ३ असार । नेपाल बक्सिङ सङ्घको आयोजनामा १९ औँ एसियन गेम्सको बक्सिङको अन्तिम छनोट कार्यक्रम संयोजक गौतम सुजखुको सभापतित्व र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको आतिथ्यमा आइतबार सम्पन्न भयो ।
खेलमा महिलातर्पm ६ र पुरूषतर्पm ७ गरी १३ जना छनोट भए ।
महिलातर्फ फ्लाई वेट ५० किलोमा नक्साल बक्सिङ क्लवका सुस्मा तामाङ, ५४ किलोमा सैनिककी गुरूङ, ५७ किलोमा सैनिककी चन्द्रकला थापा, ६० किलोमा एपीएफका सङ्गीता सुनार, ६६ किलोमा एपीएफका विनिता थापामगर र ७५ किलोमा एपीएफका सरस्वती विक छनोट चरण पार गर्न सफल भइन् ।
त्यस्तै पुरूषतर्पm ५१ किलो तौल समूहमा एचटुओका रविन थापा, ५७ किलोमा एचटुओका बुद्ध ग्याम्जो लामा, ६३.५ किलोमा नेपाल प्रहरीका भुपेन्द्र थापामगर, ७१ किलोमा सैनिकका लामा, ८० किलोमा सैनिकका दीपक श्रेष्ठ, ९२ किलो समूहमा गण्डकीका दीपक सुनवार, ९२ प्लसमा सैनिकका आशिष दुवाडीले छनोट चरण पार गरेको भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *