जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
काठमाडौं, ३० असोज(रासस)ः नेपाल आर्ट काउन्सिल बबरमहलमा १९ कलाकार सहभागी रहेको ‘आर्ट इन्सेम्बल’ शीर्षकको प्रदर्शनी चलिरहेको छ ।
शनिबारदेखि सुरु भएको प्रदर्शनीमा त्रिविमा स्नातकोत्तर अन्तिम सेमेष्टरमा अध्ययन गरेका विद्यार्थीले नेपालका विविध समसामयिक सन्दर्भमा बनाएका समसामयिक चित्र, प्रिन्टमेकिङ, प्रतिस्थापन कला, भिडियो र डिजिटल आर्ट राखिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सुषमा राजभण्डारी, कलाकार तथा समीक्षकत्रय रमेश खनाल, मुकेश मल्ल र सरोज वज्राचार्यले नेपाली कलामा पछिल्लो समय आएका कलाकारले राम्रो प्रभाव जमाउन सकेको बताउनुभयो ।
“नेपाली कलामा सशक्त ढंगले यी कलाकार देखापरेका छन् । कलामा देखिने विषयगत दृष्टिकोण, सामाजिक मान्यता र समकालीन सन्दर्भलाई निकै प्रभावकारी रुपमा कलाकारले प्रस्तुत गरेका छन्”, समीक्षक खनालले बताउनुभयो ।
समीक्षक मल्लले नेपालमा कलाका २ धार चलेको बताउँदै भन्नुभयो, “पोस्ट मोर्डन टेन्डेन्सी र समसामयिक धारका कला नेपालमा आएको छ ।” कलाकार तथा लेखक वज्राचार्यले कलाकारले कला रचनासँगै अन्तक्र्रियामा जोड दिनुपर्ने बताउनुभयो ।
प्राज्ञ राजभण्डारीले प्रदर्शनीमा राखिएका कलाले नेपालको परिदृश्यलाई कलात्मक रुपमा उठान गरेकोे छ भन्नुभयो । प्रदर्शनी अवलोकन गर्न पुग्नुभएका पूर्वमन्त्री गगनकुमार थापाले कलाले देशलाई जोड्ने भएकाले यसको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
विविध विषयका साथै नेपालका समकालीन घटनालाई कलाकारले कलामा उधिनेको प्रदर्शनीमा कलाकार प्रभात श्रेष्ठले बताउनुभयो । प्रदर्शनीमा ७० कलाकृति रािखएको सहभागी कलाकार मन गुरुङले जानकारी दिनुभयो ।
प्रदर्शनीमा अनिल महर्जन, भुफान लिम्बू, विकास श्रेष्ठ, बिक्कुकुमार थापा, दीपाञ्जली राजभण्डारी, धुव्रराज शर्मा, दीपक मेहता, जया शर्मा, जेनी घले, लक्ष्मी मगर, मन गुरुङ, ओमप्रकाश गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, रितु थापा, सुदेशा श्रेष्ठ, उमा खड्का, उपकार घमाललगायत सहभागी हुनुहुन्छ । प्रदर्शनी बुधबारसम्म चल्नेछ ।
Leave a Reply