शिक्षा नियमावली संशोधन विद्यालय शिक्षा थप सङ्कटमा पर्ने !
- असार २९, २०८३
काठमाडौँ, ६ असार । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा राहदानीको व्यवस्थापन र परराष्ट्र मन्त्रालयको कामकारबाहीबारे बुधबार छलफल भयो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वैदेशिक रोजगारीबाट देशको विकास नहुने उल्लेख गर्दै युरोपको नेदरल्यान्डका युवाहरू वैदेशिक रोजगारीमा लाग्दा त्यो देशको कूल गार्हस्थ उत्पादन घटेको हुँदा वैदेशिक रोजगारीमा रोक लगाइएको तर्फ परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराउनुभयो ।
“रूस र युक्रेनको सेनामा नेपाली युवाको भर्ती भइरहेको सत्य हो कि होइन ? के मान तस्करहरूको संलग्नतामा भर्ती भइरहेको हो ?” सांसद सुवालले मन्त्री साउदसँग ध्यानाकर्षण गराउनुभयो ।
नेपालजतिको भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियाले पटकपटक भूउपग्रह प्रक्षेपण गरेको चर्चा गर्दै सांसद सुवालले नेपालको शासन सत्तामा पुगेका कतिपय नेता, प्रधानमन्त्री र मन्त्रीहरू यथार्थ अध्ययन नगरी प्रजग कोरियाविरूद्ध ‘भोकमरीपीडित’ भन्ने गरेको सिन्को नभाँच्नेहरूको आक्रोश भएको बताउनुभयो ।
अधिकांश म्यानपावर कम्पनीहरू मानव बेचविखन संस्थाजस्तै भएको तर्फ परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद सुवालले शासक दलका नेताहरू आजको सँगै भोलिको चिन्ता नगर्ने र व्यापक जनताको हित नहेर्ने हुँदा सिंहदरबार भित्रबाट नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काम भएको, यसो हुनुको कारण प्रमहरू सिंहदरबार नगई बालुवाटारबाट सरकार चलाउने भएको, यस्तै भए सिंहदरबारका कर्मचारीहरू जुवाको खाल वा भट्टी पसलबाट पक्राउ हुने उल्लेख गर्नुभयो ।
बैठकमा सांसदहरू भीमप्रसाद आचार्य, देवीप्रकाश भट्टचन, हरिप्रसाद उप्रेती, दामोदर पौडेल, प्रभु साह, प्रकाशमान सिंह, माधवकुमार नेपाल, उदयशमशेर राणा, सम्झना नेपाली, विमलेन्द्र निधी, सुनिता बराल, वर्षमान पुन, राजकिशोर यादवले बोल्नुभएको थियो ।
ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको अध्यक्षतामा बैठक भएको थियो ।
Leave a Reply