अमेरिका–इरान तनाव चर्कियो दुवै पक्षबाट आक्रमण जारी
- असार २८, २०८३
भक्तपुर, ७ असार । वागीश्वरी माध्यमिक विद्यालयकी पूर्व शिक्षिका शोभा प्रधानको स्मृतिमा बिहीबार वागीश्वरीमा स्मृतिस भा सम्पन्न भयो ।
विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाको सभापत्विमा भएको उक्त कार्यक्रममा उहाँले शोभा प्रधानको योगदानबारे चर्चा गर्नुभयो । विद्यालयका शिक्षकशिक्षिकाहरू आफ्नो दैनिक अध्ययन, अध्यापनमा मात्र सीमित नभई राजनीतिक गतिविधिमा सक्रिय हुनुपर्ने र प्रधानको जीवनीबाट शिक्षा लिई असल शिक्षिका बन्नुको साथै शिक्षकहरूको हकहितको लागि भएका गतिविधिहरूमा सक्रिय हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
शिक्षिका पवित्रा शाहीले शोभा प्रधान एक सहनशील, साहसिक र सङ्गठनले दिएको जिम्मेवारी पूरा गर्ने असल नेतृ हुनुहुन्छ भन्नुभयो । आफ्नो पेशाप्रति प्रतिबद्ध एक समर्पित शिक्षिका जस्तोसुकै परिस्थितिमा पनि विचलित नहुने र महिलाहरूलाई हौसला दिने उहाँ प्रेरणाको स्रोत हुनुहुन्थ्यो भन्नुभयो ।
कार्यक्रममा शिक्षिक रामलक्ष्मी कोजू र मुना तामाङले पनि बोल्नुभएको थियो ।
Leave a Reply