भर्खरै :

शक्ति सञ्चयको एउटा दियो बाले

शक्ति सञ्चयको एउटा दियो बाले

दिन भएर पनि अँध्यारै भयो
२०७९ असार ८ को दिन ।
मानव समाजको
यो पुञ्जमा
सोच्नै नसक्ने घटनाले
हरेक कामदारवर्गलाई
नचाहेर पनि
स्वीकार्न बाध्य पा¥यो ।
सबैको मन
आकुलव्याकुल पीडादायी
आँखा रसाएर
भाव विभोर भएर
श्रद्धासुमन व्यक्त गरे ।
यो संसारमा
उदयसँगै
विलय पनि हुँदोरहेछ
जनजनको मन मस्तिष्कमा
बसिसकेको उदय
अनायास विलय हुँदा
सबैलाई पीडा हुनु
स्वाभाविकै रहेछ ।
समय पनि कहिल्यै नठाक्ने
ठीक उहाँजस्तै
निरन्तर अघि बढिरहने
आज भाउजूको सम्झनामा
पीडाबोध होइन
आ–आफ्नो क्षेत्रबाट
हिम्मतका साथ प्रण गरे
शोकलाई शक्तिमा बदल्ने !
अतीतको सम्झनालाई
बिर्सेर अठोट लिई
नयाँ बिहानीसँगै
शक्ति सञ्चयको
एउटा दियो बाले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *