ऐना
- असार २६, २०८३
तिमीले छोडेको यो
दुनियाँ अझै
तिम्रै सम्झनामा
बाँचेको छ ।
कतै प्रिय कामरेड
कतै प्रिय शिक्षिका
सबैकी प्रिय थियौ
शोभा तिमी ।
तिमीले सँगालेका ती
सपनाहरू हरपल
सप्रिँदै, बढ्दै
अझै झाँगिँदै छन्
हुर्किँदै छन् ।
अझै पनि हजारौँ
आँखाको प्रिय
बनेकी मेरी कामरेड
ती सुन्दर तस्बिरबाट
मुस्कुराई आशीर्वाद
दिइरहेकी छौ ।
हिजो तिमीले पढाएका
विद्यार्थीहरू तिम्रै
सालीन अनि दिव्य
मुहारको प्रशंसामै
व्यस्त छन् ।
तिम्रो नाम मात्रले
पनि मनमा उत्साह
जाँगर अझै बढ्दै
छन् जागरिला पाइलाहरू
तिमीले छोडेर गएका
प्रिय मानिसहरू अझै
पनि मुहारमा दिव्य
ज्योति लिई
तिम्रो सपना पूरा
गर्न लागिपरेका छन् ।
तिमीले छोडेको यो
दुनियाँ अझै
तिम्रै सम्झनामा
बाँचेको छ ।
Leave a Reply