घातक बाढीपछि चीनमा टाइफुनको खतरा
- असार २६, २०८३
(चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) प्रस्ताव गर्नुभएको यसपालि दसौँ वर्ष पुगेको छ । विदेशी विद्वानहरूको नजरमा हामीले बीआरआईका दस वर्षबारे बुझ्न खोजेका छौँ । चीन र बेल्ट एन्ड रोडमा सामेल भएका देशहरूबिच सर्वहिताय सहकार्य कसरी हासिल गर्ने र त्यहाँका जनताले परियोजनामार्फत केही न केही उपलब्धि हासिल गरेको अनुभव कसरी गराउन सकिन्छ भन्ने विषयमा बुझ्ने प्रयास गरिएको छ ।
“विकासशील देशहरूको लागि चीन शब्दमा मात्र नभई व्यवहारमै पनि शक्तिशाली आवाज बनेको छ”, सिङ्ग्वा विश्वविद्यालयमा आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका अतिथि प्राध्यापक र फुदान विश्वविद्यालयस्थित चाइना प्रतिष्ठानका वरिष्ठ प्राध्यापक मार्टिन ज्याकले लेखे ।
बीआरआई परियोजनाबारे विदेशी विद्वानको धारणा बुझ्ने शिलशिलाको यो पहिलो लेख पाठकको जानकारीको लागि प्रकाशित छ :
दस वर्षअघि निकै ठुलो अपेक्षासहित बेल्ट एन्ड रोड परियोजना (बीआरआई) घोषणा हुँदा संसारमा त्यसबारे धेरै अस्पष्टता थिए । ‘के हो यो ?’ धेरैतिर यो प्रश्न सोधिन्थ्यो । त्यतिबेला यस्तो प्रश्न उठ्नु स्वाभाविक पनि थियो किनभने त्यसअघि संसारमा कहिले पनि यस्तो खालको परियोजना देखिएको वा सुनिएको थिएन । यो परियोजना निश्चित समयसीमामा सीमित योजना थिएन । यसको कुनै पनि कुरा मूर्त थिएन । यसको कुनै सिमाना पनि थिएन । यो परियोजना समाप्त हुने कुनै मिति पनि थिएन । धेरै अर्थमा यो परियोजनासँग जोडिएका प्रश्नका उत्तर एउटै मात्र थिएन । यसर्थमा यो परियोजना मूलतः एउटा सोच र अवधारणा थियो । यो पूर्णतः नयाँ र मौलिक सोचाइ शैलीमा आधारित परियोजना थियो । त्यसमाथि यसको आकार ज्यादै विशाल थियो जसले संसारको अत्यधिक जनसङ्ख्यालाई समेटेको छ ।
हामीले यस्तो खालको परियोजना यसअघि कहिल्यै पनि देखेका थिएनौँ । एक हदसम्म यो योजनालाई सन् १९४७ देखि सन् १९५२ सम्म अमेरिकामा लागु भएको मार्सल एड प्लानसँग दाँज्न सकिएला । तर, यो कुनै बलियो तुलना भने थिएन । बीआरआईको सोच कहीँबाट प्रभावित भएको यदि हो भने त्यो चीनको आफ्नै विगतबाट हुनसक्छ । लामो पर्खाल (द ग्रेट वाल) र विशाल नहर (द ग्रान्ड कानल) जस्ता विशेष परियोजनासँग मात्र यसको तुलना हुनसक्छ ।
बीआरआईको सोचको मूल स्रोत आर्थिक रूपान्तरणको लागि चीनको सोच हो । विकासशील देशको निम्ति यसबाट ग्रहण गर्न सकिने पाठ के हुनसक्छ ? विकासशील देशले यसबाट के कुरा सिक्न सक्छन् ? चीनको रूपान्तरणको जरामा पूर्वाधार विकासको निम्ति राज्यको नेतृत्वमा विशाल आकारको लगानी छ । यदि यो सूत्रले चीनमा काम ग¥यो भने अरू देशमा किन काम गर्दैन ? अफ्रिका र ल्याटिन अमेरिकासहित युरोसियाली देशहरू पूर्वाधारको अभावबाट आज पिरोलिबसेका छन् । बीआरआईले त्यो अवस्थामा परिवर्तन गर्न खोजेको छ । चीन यो परियोजनाको केन्द्र हो । यसअन्तर्गत चीन र विकासशील देशहरूबिच धेरै सङ्ख्यामा दुईपक्षीय सम्झौताहरू भएका छन् । ती सम्झौताअनुसार चीनले मुख्यतः ऋणको रूपमा पुँजी उपलब्ध गराउनेछ । बीआरआईमा हालसम्म १५१ वटा देश सामेल हुनुले यो परियोजनाप्रति संसार व्यापकरूपमा सकारात्मक हुनुको प्रमाण हो ।
सुरु सुरुमा बीआरआईको कुरा सुनेर टाउको कन्याउनेहरू धेरै थिए भने अब त्यो अवस्था रहेन । धेरै मानिसलाई अब धेरै–थोरै यो परियोजनाबारे थाहा भइसकेको छ । बितेका दस वर्षमा बीआरआई विश्वव्यापी भू–आर्थिक संसारको हिस्सा बन्यो । त्यसको भूमिका अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कभन्दा कम्ता थिएन । बीआरआईको सुरुवात सन् २०१३ मा भएको थियो । उतिबेला चीन कहाँ थियो, एकैछिन सम्झौँ त । जब बीआरआईको आरम्भ भयो, चीन आफ्नै आर्थिक विकासको परियोजनामा मात्र केन्द्रित थियो । विश्व मञ्चमा चीनको नाम उति सुनिदैनथ्यो । ऊ न्यून तहमै बस्न खोज्थ्यो । नियम बनाउनेभन्दा पनि चीन नियमको पालना गर्ने ठाउँमा थियो । असामान्य आर्थिक वृद्धि दरको कारण चीनको चर्चा हुन्थ्यो । तर, उसले कुनै अन्तर्राष्ट्रिय पहल भने लिने गर्थेन । चीन प्रायशः त्यस्ता पहलकदमी लिनबाट पन्छिन्थ्यो । चीनको विषयमा हामीलाई कमै मात्र थाहा हुन्थ्यो । तर, बीआरआईको घोषणा संसारसँग चीनको सम्बन्धमा ठुलो परिवर्तनको सङ्केत थियो । यसलाई बाँकी संसारसँग चीनको साक्षात्कारको बिन्दु मान्न सकिन्छ । चीन यो काममा उल्लेखनीयरूपमा सफल पनि भएको देखिन्छ । बितेको दशकमा बीआरआई परियोजनाको अस्तित्वले संसारलाई परिवर्तन गरेको तर्क अतिरञ्जना पक्कै हुनेछैन ।

A view of the construction of a bridge in Komarna, Croatia, Wednesday, July 28, 2021. European Union-funded Peljesac bridge in southern Croatia that has been built by a Chinese state-owned company was opened late Wednesday. The Peljesac Bridge was designed to connect two swaths of Adriatic Sea coastline and passes over a small stretch of Bosnias territory. (AP Photo)
कसरी ?
पहिलो, बीआरआई परियोजनाले विश्व मञ्चको मूल केन्द्रबारे प्रश्न उठाएको छ । पश्चिमा देशहरूले विकासशील देशलाई मुखले ठीक्क पार्न मात्र जानेको छ । उनीहरूले विकासशील देशहरूलाई आफूभन्दा तल्लो ठान्छन् । विकासशील देशहरूलाई उनीहरू उत्पीडनकारी, ठुल्दाइजस्तो र हप्कीदप्कीको व्यवहार गर्छन् । बीआरआईले विकासशील देशहरूको लागि एउटा नयाँ समाधान दियो । बीआरआई कार्यान्वयनको प्रक्रियामा विकासशील देशहरूको भूमिका विश्व मञ्चमा बढ्दै गएको छ ।
दोस्रो, बीआरआईले चीन र विकासशील देशहरूबिच नयाँ खालको सम्बन्ध विकास गरेको छ । चीनलाई विकासशील देशहरूका नेताको रूपमा हेरिन थालेको छ । विकासशील देशहरूको पक्षमा चीन शब्दमा मात्र होइन, व्यवहारमै शक्तिशाली आवाज बनेको छ ।
तेस्रो, बीआरआईले नयाँ विश्वको बाटो खनेको छ । त्यसकारण विश्व राजनीति पनि नवीन बन्दै गएको छ । बीआरआईअन्तर्गत चीन र विकासशील देशबिचको सम्बन्ध न राजनीति वा विचारबाट निर्देशित छ न यो कुनै सैनिक मोर्चा नै हो । बरु चीनसँग विकासशील देशको यो सम्बन्ध विकासबारे संसारका अत्यधिक बहुमत जनताले सामना गरिरहेको महत्वपूर्ण मुद्दामा आधारित छ । यो पश्चिमाहरूको अवधारणाभन्दा नितान्त फरक सम्बन्ध हो । बीआरआई आज परिवर्तनको माध्यम र कार्यान्वयनको स्थान बनेको छ जसलाई हामी धेरै माध्यमबाट अभिव्यक्त भएको देख्न सक्छौँ । युक्रेन युद्धबारे विकासशील देशहरूको नितान्त स्वतन्त्र धारणा यसको उदाहरण हुनसक्छ । बीआरआईलाई भूअर्थतन्त्रमा भूराजनीतिको नयाँ शक्तिको रूपमा लिन सकिन्छ ।
चौथो, बीआरआईले संसारलाई पहिलो पटक चिनियाँ दर्शनको प्रमुख पक्ष चिनाएको छ । बितेका दुई दशकमा अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिका भाषा एवम् अवधारणा विशुद्ध पश्चिमा थिए । त्यो युग अब वास्तवमा समाप्त भइसकेको छ । अब बीआरआई कार्यान्वयनमा आएपछि यो वास्तवमै विश्वव्यापी विषय बनेको छ । किनभने, विकास विशिष्टरूपमा विश्वव्यापी मुद्दा हो । बीआरआई समयको नितान्त पृथक सोच बनेर आएको छ । यो केही वर्षमा सीमित सोच होइन, बरु लामो समयावधिमा फैलिएको परियोजना हो । पश्चिमाहरू विकासका परियोजनाको सन्दर्भमा केही वर्ष अथवा बढीमा केही दशकमा सीमित भएर सोच्छन् । बीआरआईको सन्दर्भमा हामीले कम्तीमा आधा शताब्दी अथवा कुनै समय सीमा नै नभएको अवधारणाको रूपमा बुझ्नुपर्छ । आजका विकासका चुनौतीको माग हो यो । निःसन्देह हामीले शून्य उपलब्धिको सोचाइ होइन, सबैको लाभ हुने सोच अँगाल्नुपर्छ । त्यसको निम्ति साझा भविष्य बहन गरेको मानव समुदायको चिनियाँ सोच हामीसँग छ । बीआरआई त्यसको जीवन्त कार्यान्वयनको डबली हो । यसले हामीलाई कुनै राष्ट्र–राज्यका सीमाभन्दा फराकिलो भएर सोच्न उत्साहित गर्छ । बीआरआई चिनियाँ दर्शनको आधारभूत पाठ्यक्रम हो ।
पाँचौँ, बीआरआई नितान्त नयाँ खालको अन्तर्राष्ट्रिय संस्था हो । आजसम्म अन्तर्राष्ट्रिय प्रणालीमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कजस्ता संरा अमेरिकी शैलीका संस्था हाबी थिए । यस्ता संस्थाहरूको विशेषता भनेको यिनले निकै सानो हिस्सा मानिसको पक्षमा मात्र बोल्दै र प्रतिनिधित्व गर्दै आएका छन् । तर, यिनीहरूभन्दा भिन्न बीआरआई नयाँ ढङ्गको अन्तर्राष्ट्रिय संस्था हो जसले विकासशील देशहरूमा बस्ने ८५ प्रतिशत जनताको प्रतिनिधित्व गर्छ । अर्को शब्दमा बीआरआईले यसअघि शासनमा रहेको अल्पमतको पक्षमा होइन, बहुमत जनताको पक्षमा रहेको अन्तर्राष्ट्रिय प्रणालीको निकै भिन्न खालको ढाँचा प्रस्ताव गर्छ ।
बीआरआईले संसारका देशहरूको अत्यधिक बहुमतको प्रतिनिधित्व गर्छ । युरेसियादेखि मध्य एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्व र युरोपका केही भागसँगै अफ्रिका र ल्याटिन अमेरिकालाई यसले समेटेको छ । सन् २०१३ यता बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत विभिन्न देशमा चीनले गरेको गैरवित्तीय बाह्य प्रत्यक्ष लगानी सन् २०२२ को जून मसान्तसम्ममा १ खर्ब ४० अर्ब अमेरिकी डलरभन्दा बढिसकेको छ । बीआरआईलाई गतिशील संस्थाको रूपमा हेरिनुपर्छ । यो आफैँ पनि बदलिरहन्छ र संसारलाई पनि बदलिरहन्छ । सुरुको चरणमा बीआरआईअन्तर्गत निकै ठूला पूर्वाधार परियोजनालाई जोड दिइएको थियो । तर, त्यस्ता परियोजनासँगै साना तथा मध्यम उद्योग, वातावरणीय तथा जलवायु आवश्यकता, विद्युतीय प्रविधि र हरित परियोजनाको महत्व पनि बढ्दै गएको छ । बीआरआई फराकिलो परिस्थितिअनुरूप कसरी दुःख–सुखको आरोह अवरोहमा अघि बढिरहेको छ भन्ने कुराको एउटा उपयुक्त दृष्टान्त महामारीको समयमा चिनियाँ लगानी उल्लेख्य मात्रामा घट्नु पनि हुनसक्छ । अर्को अलि फरक उदाहरण हेरौँ–युक्रेन युद्धको कारण नयाँ सामुद्रिक बाटोको आवश्यकता भयो । केही समयको लागि विशेषतः युक्रेनमा केही रेलमार्ग प्रभावित भए ।
बीआरआईप्रति पश्चिमाहरूको प्रतिक्रिया कस्तो रह्यो ? संरा अमेरिकाले सुरुमा यो परियोजनालाई असान्दर्भिक भनेर अस्वीकार गरेको थियो । तर, बीआरआईको समर्थनमा उभिने देशहरूको सङ्ख्या बढ्दै गएपछि उसलाई यो परियोजनाप्रति बेवास्ता गर्न सम्भव भएन । अनि उसले आफ्नो सुरुको सोचाइ बद्लियो । अनि बीआरआईलाई बद्नाम गर्नतिर लाग्यो । बीआरआई चीनको ऋण कूटनीति भनी प्रचार ग¥यो । तर, खास कुरा यसको ठीकविपरीत थियो । चीनले गहिरो ऋणको चङ्गुलमा फसेका देशहरूलाई मद्दत गर्न निकै लामो कसरत गर्नुप¥यो । कुनै पनि देशलाई ऋणमा चुर्लम्म डुबाउँदा चीनले के पाउँछ ? बरु बीआरआईका सबै लक्ष्य असफल हुन्छ । बीआरआईको व्यापक सफलतापश्चात् पश्चिमाहरूले वैकल्पिक बीआरआई बनाउनुपर्ने आवश्यकताबोध गरे । तर, संरा अमेरिका होस् वा युरोपेली सङ्घ वा दुवै मिलेर पनि पश्चिमाले कुनै सम्भव विकल्प दिन कुनै प्रतिबद्धता, स्रोत वा राजनीतिक समझदारी बनाउने झिनो वा कुनै सङ्केत गर्न सकेको छ । त्यसको निम्ति विकासशील विश्वप्रति पश्चिमाहरूको अवधारणामा ठुलो उपचारको खाँचो छ । यो काम कदापि भइरहेको छैन । दस वर्षपश्चात पनि पश्चिमासँग दिनको लागि केही पनि छैन । बजारमा बीआरआईकै मात्र चर्चा छ । बीआरआई आखिर चर्चा हुनै पर्ने भव्य मामिला हो पनि ।
स्रोतः द ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज
Leave a Reply