भर्खरै :

फुकुसिमा आणविक दूषित पानी निकासीको विरोधमा हजारौँ दक्षिण कोरियालीको जुलुस

फुकुसिमा आणविक दूषित पानी निकासीको विरोधमा हजारौँ दक्षिण कोरियालीको जुलुस

पेइचिङ, २६ जून (सीआरआई) । जून २४ मा हजारौँ दक्षिण कोरियाली जनताले जापानले फुकुसिमा आणविक दूषित पानीलाई समुद्रमा छोडेकोमा विरोध जनाउँदै सियोलमा जुलुस प्रदर्शनी गरेका छन् । साथै दक्षिण कोरियाली सरकारलाई सामुद्रिक कानुन सम्बन्धमा अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा दायर गर्नसमेत अनुरोध गरेका छन् । यसबाहेक, जापान सरकारलाई भूमिभित्रै आणविक दूषित पानी राख्ने थप प्रबन्धको निर्माण गर्न पनि आग्रह गरिएको छ ।
सोही दिन, सियोल महानगरीय कार्यालय नजिक मानिसहरूले ‘प्रशान्त महासागरको रक्षा गरौँ’ र ‘सामुद्रिक कानुनका लागि अन्तर्राष्ट्रिय न्यायालयमा जापानलाई मुद्दा हालौँ’ जस्ता नारा लगाएका थिए । जापानी सरकारले भण्डारणको लागि वैकल्पिक योजना अपनाउनुपर्ने माग पनि प्रदर्शनकारीले गरेका छन् । फुकुशिमाको आणविक दूषित पानी भूमिभित्रै प्रबन्ध गर्न तथा जापान सरकार र टोकियो इलेक्ट्रिक पावर कम्पनीलाई आणविक दूषित पानीको गैरजिम्मेवारी बहाव बन्द गर्न आह्वान गरेका छन् ।
सोही दिन जुलुस प्रदर्शनीमा सहभागीहरूले प्रशान्त महासागरको संरक्षण भन्ने नारा लिँदै दक्षिण कोरियाली सरकार र सर्वसाधारणहरूलाई सकेसम्म जापानी सरकार र टोकियो इलेक्ट्रिक पावर कम्पनीको गैरजिम्मेवार गतिविधिको विरोध गर्न आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *