भर्खरै :

चीन चिनियाँ विशेषतासहितको समाजवादी देश

माओ त्सेतुङको नेतृत्वमा चीनमा क्रान्ति भएपछि कम्युनिस्ट पार्टीको नेतृत्वमा चीन आर्थिक महाशक्तिको रूपमा उदाउन थालेको छ । चीनमा देखिएको सामाजिक असमानताको खाडल पुर्न राष्ट्रपति सीले चिनियाँ विशेषतासहितको समाजवादको नारा अघि सारे । माओको निधनपछि चीनले चिनियाँ विशेषतासहितको समाजवादी अर्थतन्त्रको नारा अघि सार्यो र राजनीतिक परिवर्तनसँगै आर्थिक सुधारको प्रयास ग¥यो । साम्राज्यवादी, दलाल र पुँजीपतिले सञ्चालन गरेका उद्यागधन्दाहरूलाई राष्ट्रियकरण गरी तिनलाई सरकारी नियन्त्रणमा सञ्चालन गर्ने, यातायात, ऊर्जा र जलस्रोतलाई सरकारी अधीनमा सञ्चालन गर्ने माओको नयाँ जनवादी अर्थ व्यवस्थाको मुख्य धारणा थियो । माओ र सीको सबैभन्दा ठूलो सफलता चीनको गरिबी निवारण हो ।
आज चिनियाँ जनता आफ्नो खुट्टामा उभिएका छन् । जनवादी गणतन्त्र चीनको घोषणा गर्दै गर्दा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओ त्सेतुङले भनेका थिए, चिनियाँ जनताले दुइटा शत्रु (सामन्तवाद र साम्राज्यवाद) लाई पराजित गरेर स्वाधीन भएका थिए । पिछडिएको अर्थ व्यवस्था, कमजोर सरकारीयन्त्र विदेशी शक्तिको दबाब आदि चुनौतीको सामना गर्दै चीनको यात्रा अघि बढेको थियो । आज चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । त्यसैले चीन उदाउँदो छ । चिनियाँ अर्थतन्त्र निकै द्रुतगतिमा वृद्धि भयो । विश्वव्यापी शक्तिको रूपमा चिनियाँ अर्थतन्त्रले कायापलट गर्नु सामान्य होइन । चीनले राष्ट्रिय लक्ष्य तय गर्न निर्धारण ग¥यो र जनता तथा उद्योगीलाई सो मार्गमा हिँडाउन सफल भयो । फलस्वरूप चीनले आफ्नै शक्ति र गतिमा संसारमा आर्थिक विकासको ढोका खोल्यो । एक हिसाबले त्यो चीनको चमत्कार नै हो । राष्ट्रपति सीले भनेका थिए, “यो समय चिनियाँ विशेषतासहितको समाजवादलाई सफल बनाउन गरिने ऐतिहासिक प्रयासको समय हो ।
अब चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट पहिलोमा उक्लिने यात्रामा छ । चीनलाई विशाल बनाउनुको अर्थ शक्ति र नेतृत्वलाई विश्व मञ्चमा प्रस्तुत गर्नु हो । सी चिनफिङ विचारधाराका दुई पक्ष छन् – एक, दुई शताब्दी योजनाले स्वयं चिनियाँ कम्युनिस्ट पार्टी, राज्य र समाजको समाजवादी दिशा निश्चित गर्नु । दुई, बीआरआईले चीनको समाजवादी अर्थ राजनीतिक विकास र बाँकी विश्वको अर्थ राजनीतिक सम्बन्धको व्याख्या गर्नु । यो आजको चीनको लागि महत्वपूर्ण विषय बनेको छ । विकसित चीनको उदयले नयाँ विश्व व्यवस्थाको ढोका खोल्न सक्ने सम्भावना बढेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले भनेझैँ सी चिनफिङ विचारधारा र बीआरआई चिनियाँ चरित्रको समाजवाद निर्माणको क्रममा स्थापना भएका पाटाहरू हुन् । यसरी चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले अभूतपूर्व उल्लेख्य काम गरेर संसारसामु चिनाउने काम ग¥यो ।
नेपालमा पनि आफूलाई ठूला, महान्, गौरवशाली भनिने कम्युनिस्ट पार्टी नभएका होइनन् । ती ठूला दलले केन्द्रीय समितिमा एकाएक सदस्य सङ्ख्या बढाएर झन्डै चिनियाँ कम्युनिस्ट पार्टीको दाँजोमा पु¥याउने दुस्प्रयास नभएको होइन । संसारका अन्य कम्युनिस्टसँग दाज्ने तर कम्युनिस्टको सिद्धान्त र विचारअनुसार एउटा सिन्को नभाच्ने एमाले, एमाओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू नै हुन् । क्युवालाई बहादुरहरूको देश भनिन्छ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई शिक्षाको देश भनिन्छ । चीन चिनियाँ विशेषतासहितको समाजवादी देश बनेको छ । तर, नेपाल प्रजातन्त्र हुँदै गणतान्त्रिक देश भए पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा पटक–पटक सरकारमा पुगे पनि कुनै गतिलो काम भएको छैन । बरू प्रजातान्त्रिक र कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको नेपाल बदनामको देश बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *