राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
२८ सेप्टेम्बर १७ २८ सेप्टेम्बर १७
महामहिम राष्ट्रपति सी जिनपिङ,
जनवादी गणतन्त्र चीन
पेइचिङ, चीन ।
जनवादी गणतन्त्र चीनको ६८ औं स्थापना दिवसको अवसरमा महामहिमसमक्ष हाम्रो तर्फबाट सहर्ष हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । चिनियाँ विशेषता सहितको समाजवादी निर्माण, विश्व शान्ति र समृद्धिको प्रबद्र्धन र चीनका कामदार जनताको जीवनमा आधारभूत परिवर्तन ल्याउन प्राप्त गरेको सफलताको निम्ति हामी नेपाल मजदुर किसान पार्टी र पार्टीका सबै कामरेडहरुको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनताप्रति बधाई ज्ञापन गर्न चाहन्छौं । अध्यक्ष माओ त्से तुङ्ग र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सन् १९४९ अक्टोबर १ मा चिनियाँ जनताले हासिल गरेको विजय समाजवाद, जनताको क्रान्ति र कामदार जनताको विजय हो । त्यो विजयले एसिया, अफ्रिका र संसारका अरु भागका कामदार जनतालाई उत्साहित बनायो । विशेष गरी अक्टोबर समाजवादी क्रान्तिपश्चात विश्वको इतिहासमा चिनियाँ क्रान्ति एक युगीन घटना हो । चिनियाँ विशेषता सहितको समाजवादको निरन्तरको सफलता र नयाँ–नयाँ उपलब्धिहरु चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ क्रान्तिको गौरवपूर्ण सफलता हुन् । निःसन्देह चीनले समाजवादको भविष्य उज्यालो रहेको र कामदार वर्गका जनताको उत्तम जीवन अवश्यम्भवी भएको प्रमाणित गरेको छ ।
प्राचीन मानव सभ्यताको ‘स्वर्ण युग’ को रचना र निर्माणमा दासहरुले पु¥याएको अतुलनीय योगदानलाई कहिल्यै बिर्सन सकिंदैन । आजको समृद्धि र संसारका आश्चर्यहरु लाखौं–लाख दासहरुको जीवन तथा कामदार जनता एवं प्रतिभाशाली मानिसहरुको विलक्षण प्रतिभाका कारण मात्र सम्भव भएको हो । तथापि यन्त्र र स्वचालित प्रविधिका कारण सयौं वर्षमा मात्र प्राप्त हुन सम्भव उपलब्धिहरु चीनले केही दशकभित्रै हासिल गरेको छ । आफ्नै बलबुत्ता र खोजअनुसन्धानमा उभिएर चीनले हासिल गरेको समृद्धि र आफ्नै खुट्टामा उभिन सक्ने अवस्था नयाँ सभ्यताको इतिहासमा एउटा मौलिक र विशिष्ट पक्ष हो ।
महामहिमज्यूले अघि सार्नुभएको एक बाटो एक क्षेत्र (One Belt One Road-OBOR) ले संसारका जनताको जीवनमा सकारात्मक परिवर्तन र शान्ति तथा समृद्धि ल्याउनेमा हामी विश्वस्त छौं । सन् २०२१ सम्ममा चिनियाँ समाजलाई मध्यमस्तरको समृद्धशाली देश बनाउने र सन् २०४९ सम्ममा अत्याधुनिक समाजवादी समाज बनाउने चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी लक्ष्यहरु पनि पक्कै सफल हुनेछन् । हामी यी दूरदर्शी लक्ष्यहरुको सफलताको लागि दरिलो ऐक्यबद्धता तथा शुभकामना व्यक्त गर्दछौं । यो वर्ष सन् २०१७ विश्व समाजवादी आन्दोलन र चीनको इतिहासको लागि पनि एक महत्वपूर्ण वर्ष हो ।
महान् अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी, कार्ल माक्र्सले लेख्नुभएको ‘पूँजी’ कृति प्रकाशनको एक सय पचासौं वर्षगाँठ तथा आगामी अक्टोबर १८ मा हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन यही वर्ष परेका छन् । साथै हामी विश्व कम्युनिष्ट आन्दोलनका नेता कार्ल माक्र्सको द्विशतवार्षिकी उत्सवको पूर्वसन्ध्यामा छौं । तसर्थ संसारलाई साम्राज्यवादी युद्धबाट जोगाउन, आतङ्कवाद निर्मूलन गर्न र भारतीय फासिवादको खतराको प्रतिरोध गर्न चीनले समाजवादको झण्डालाई अझ उँचो उठाउनेमा हामी बलियो विश्वास गर्दछौं । एसियामा फासिवादको छाया देखापरेको र फासिवाद तथा नाजीवादको उदय र विकासमा पश्चिमा पूँजीले ठूलो भूमिका खेलेको प्रमाणित इतिहास यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । निःसन्देह दोस्रो विश्व युद्धताका फासिवाद फस्टाएको समयमा संसारले अकल्पनीय क्षति भोग्नुप¥यो र अभूतपूर्व विनाशलीला मच्चियो । तसर्थ एसियामा फासिवादको उदयलाई उपेक्षा वा देखेनदेखेझैं गर्न मिल्दैन । वर्तमान जटिल विश्व राजनीतिमा शान्ति र समृद्धिको लागि समाजवाद नै एउटै मात्र ज्यावल हो । नयाँ विश्व मानव सभ्यतालाई निरन्तरता दिन समाजवाद नै एउटै मात्र मार्ग हो । महामहिमको नेतृत्वमा युगौं पुरानो नेपाल र चीन तथा नेपाली र चिनियाँ जनताबीचको सम्बन्ध अझ बलियो बनेर अघि बढ्नेमा दृढ विश्वास गर्दछौं । धन्यवाद ।
सहृदयी कमरेड भावनाका साथ
नारायणमान बिजुक्छें(रोहित)अध्यक्ष नेपाल मजदुर किसान पार्टी
Leave a Reply