भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौँ नगरसभाको बैठक मङ्गलबार पनि चालु रह्यो । उक्त बैठकमा भक्तपुर नपाको आ.व. २०८०/८१ को बजेटमाथि छलफल भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले नगरसभा भनेको नगरवासीहरूको प्रतिनिधित्व हुने र नगरवासीको भावना छलफल हुने प्राज्ञिक थलो भएको बताउँदै सभाले वडाको विकास निर्माण सँगसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयबारे छलफल गर्ने थलो पनि भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले नागरिकता विधेयक सिङ्गो देशको सार्वभौमिकता र स्वतन्त्रतासित जोडिएको विषय भएको बताउँदै नागरिकताजस्तो संवेदनशील विषयलाई सामान्यरूपमा लिएको खण्डमा नेपालीहरूले आफ्नै देशमा शरणार्थी जीवन बिताउनुपर्ने अवस्था आउने सम्भावना रहेको बताउनुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८०/०८१ को बजेटमाथि भएको दफावार छलफलमा सभासद्हरूले भक्तपुर नगरपालिकाको आ.व. २०८०/०८१ को प्रस्तावित बजेट स्वागतयोग्य र प्रशंसनीय भएको बताउनुभयो ।
छलफलमा सभासद् रामसुन्दर बासीले भक्तपुरको लिबालीस्थित तःमुंज्या चोक व्यवस्थित गर्नुपर्ने, वडा नं. ८ स्थित शिशुस्याहार केन्द्र अन्य उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने र महेश्वरी खेलमैदान, सहिद स्मृति खेलमैदान र अरनिको सभाभवन निर्माण कार्यलाई यस आ.व.मा सुरुवात गर्नुपर्ने बताउनुभयो ।
सभासद् ज्ञानबहादुर मानन्धरले वडा नं. ९ स्थित सलाँ गणेश पोखरी मर्मत गर्नुपर्ने र पोखरीको बीच भागमा रहेको गणेशको मूर्ति पुनःस्थापना गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् पुरुषोत्तम तमखूले देको मिवा इतापाके आवास योजना सम्पन्न गर्न राखिएको बजेट अपुग भएको र जगन्नाथ क्षेत्र उत्खनन्को लागि बजेट विनियोजन हुनुपर्ने धारणा राखनुभयो ।
सभासद् कृष्णगोपाल चौगुठीले बाराही द्यो छेँ अगाडि रहेका मूर्तिहरू सुरक्षित राख्नुपर्ने, नगर प्रवेश गर्ने दक्षिण भेगमा मौलिक प्रवेशद्वार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने विचार राख्नुभयो ।
सभासद् नारायणप्रसाद त्वानाबासुले नगरपालिकालाई आवश्यक जग्गा खरिदका लागि छुट्याइएको बजेट अपुग भएको र वडा नं. ५ को वडा कार्यालय पुनःनिर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् श्यामसुन्दर मातांले बजेट अभावका कारण देको मिवा इतापाके आयोजनाको काम हुन नसकिरहेको बताउँदै भनपा साविक वडा नं. १५ को वडा कार्यालय भवनलाई स्वास्थ्य केन्द्रको रूपमा प्रयोगमा ल्याउनुपर्ने सुझाव राख्नुभयो ।
सभासद् हेरा ख्याजूले फोहोर सङ्कलन व्यवस्थित गर्न वडा वडामा बाल्टिन वितरण गर्नुपर्ने, सभासद् जितेन्द्र मुनंकर्मीले विकास निर्माणको बजेट कटौती गरी खानेपानीको लागि बजेट बढाउनुपर्ने, सभासद् गोविन्द दुवालले कृषिलाई प्राथमिकतामा राखी आधुनिक कृषितर्फ किसानहरू आकर्षित गर्नुपर्ने, नयाँ खानेपानीको मुहान र स्रोत पहिचान गर्नुपर्ने विचार राख्नुभयो ।
सभाको विशेष समयमा सभासद्हरू सिद्धिराम अवाल, कृष्णनारायण दुमरु, हेरा ख्याजू, सूर्यप्रसाद श्रेष्ठ, राजकुमार शिल्पकार, मन्जुमैंया लाखा, कृष्णलाल किसी, इन्द्रबहादुर प्याथ, रीता फसिकव, विष्णुकेशरी दुवालले नगरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, खानेपानीलगायतका स्थानीय समस्या र अन्य समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूमा आ—आफ्नो धारणा राख्नुभयो ।
सभामा उठेका जिज्ञासामाथि वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्व, शिक्षा, संस्कृति स्वास्थ्य समितिका सदस्य योगेन्द्रमान बिजुक्छेँ, निर्माण समितिका संयोजक उकेश कवांले सम्बन्धित विषयमा प्रस्ट पार्नुभयो ।
नगरसभाको अर्को बैठक असार १५ गते शुक्रबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।
Leave a Reply