महान् नेता किम इल सङ, किम जोङ इल पार्टीको महान् ध्येय सदा विजयी रहन्छ
- असार २५, २०८३
‘क्राइम मिनिस्टर अफ इन्डिया’
‘मोदी पूर्वको उदाउँदो हिटलर’, ‘मोदी इज नट वेलकम’ र ‘क्राइम मिनिस्टर अफ इन्डिया’, ‘हेलो जो, विद्यार्थी नेता उमर खालिद १ हजार दिनयता किन जेलमा छन् मोदीलाई सोध’, ‘मोदीको फासीवादलाई सक्षम बनाउन बन्द गर’ ।
संरा अमेरिकाको राजकीय भ्रमणमा पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वाइट हाउसअगाडि यस्तै नारासहितको प्रदर्शनको सामना गरे जून २३, २०२३ मा । यसपटकको घटनाले सन् २०१८ मा बेलायत भ्रमणमा जाँदा मोदीविरुद्ध भएको प्रदर्शनलाई सम्झाइदियोे । बेलायत भ्रमणमा पुगेका मोदीविरुद्ध उतिबेला ‘भारतीय आतङ्कवादी’, ‘बलात्कारीको संरक्षक’, ‘गो ब्याक मोदी’ सहितका नारा लगाइएका थिए ।
२० जूनमा अमेरिका पुगेका मोदीलाई एकातर्फ अमेरिकी अधिकारीहरूले राजकीय भ्रमणको शिष्टाचार (प्रोटोकल) अनुसार नै स्वागतमा कुनै कमी गरेनन् भने अर्कोतर्फ अधिकारकर्मी तथा सचेत नागरिकहरूले भारतमा बिग्रँदै गएको मानवअधिकारको रेकर्ड प्रस्तुत गर्दै मोदीविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले ‘भारतमा लोकतन्त्र खतरामा छ’ भन्ने नारा लगाएका थिए । सामाजिक सञ्जालमा उक्त प्रदर्शनसँग सम्बन्धित क्लिप र फोटो राखेर ह्यासट्यागसहित मोदीको विरोध गरियो ।
प्रदर्शनकारीहरूले मोदीले प्रतिबन्ध लगाएको बीबीसीको वृत्तचित्र ‘इन्डिया : द मोदी क्वेसन’ वासिङ्टनमा प्रदर्शन गरेका थिए । मोदी मुख्यमन्त्री हुँदा सन् २००२ को गुजरात दङ्गामा उनको भूमिकामाथि बनाइएको सो डकुमेन्ट्रीमाथि प्रतिबन्ध लगाएपछि बीबीसीको दिल्लीस्थित कार्यालयमा कर अधिकारीहरूले छापा मारेका थिए । उक्त वृत्तचित्रसँग सम्बन्धित सबै सामग्री युट्युबबाट हटाइएको थियो भने ट्वीट पनि ब्लक गरिएको थियो ।
“भारतको लोकतान्त्रिक मान्यता, धार्मिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति अमेरिकाको बेइमानीले धेरै भारतीयलाई क्रुद्ध तुल्याउँछ”, सेन्टर फर पोलिसी रिसर्चका अध्येता सुशान्त सिंह भन्छन्, “ह्वाइट हाउसले भारतलाई ‘लोकतन्त्रको जननी’ भन्छ । तर, भारतीय जनतालाई अमेरिकाले बेइमानी गरेको हो भन्ने लाग्छ ।”
अमेरिकी सांसदद्वारा मोदीको बहिष्कार !
“हाम्रो देशमा मोदीलाई मञ्च दिनु लाजमर्दाे विषय हो । मानवअधिकार हनन, लोकतन्त्रविरोधी कार्य, मुसलमान एवम् धार्मिक अल्पसङ्ख्यकमाथिको शृङ्खलाबद्ध दमन तथा पत्रकारमाथिको नियन्त्रण अस्वीकार्य छ । म अमेरिकी संसद् (कङ्ग्रेस) को संयुक्त बैठकमा हुने मोदीको भाषणलाई बहिष्कार गर्छु ।” अमेरिका भ्रमणको क्रममा जून २३ मा अमेरिकाको दुवै सदनको संयुक्त बैठकमा प्रम मोदीले सम्बोधन गर्ने कार्यक्रम थियो । सो कार्यक्रमलाई बहिष्कार गर्दै अमेरिकी संसद् सदस्य रसिदा ताइबले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेकी हुन् ।
अर्का सांसद् इल्हान उमरले पनि प्रम मोदीले धार्मिक अल्पसङ्ख्यकमाथि दमन गरेको, हिंस्रक हिन्दूराष्ट्रवादीहरूसँग साँठगाँठ गरेको, पत्रकार, मानव अधिकारवादीहरूमाथि निशाना दागेको भन्दै मोदीको सम्बोधन कार्यक्रममा सहभागी नहुने घोषणा गरिन् ।
प्रम मोदीको सरकारले प्रेस एवम् नागरिक समाजमाथि प्रतिबन्ध लगाएको, राजनीतिक विरोधीलाई जेलमा कोेचेको, आक्रामक हिन्दूराष्ट्रवादलाई प्रश्रय दिएको, भारतको धार्मिक अल्पसङ्ख्यकलाई साह्रै कम स्थान दिएको भन्दै राष्ट्रपति बाइडेनले यी तथ्यबारे मोदीसामु प्रश्न उठाउनु आवश्यक भएको अर्का अमेरिकी सिनेटर बर्नाे स्यान्डर्सले बताए ।
मोदीको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा बाइडेनकै पार्टीका ७५ जना सांसदले बाइडेनलाई मोदीसँग मानव अधिकारको मुद्दा उठाउन आग्रह गरेर विरोध गरेका थिए । भारतमा बढ्दो धार्मिक असहिष्णुता, प्रेसमाथिको प्रतिबन्ध, नागरिक समाजका समूहमाथि सरकारी आक्रमण चिन्ताजनक रहेको भन्दै चारैतर्फबाट विरोधका गतिविधि भए । तर, बाइडेन प्रशासनले स्वार्थको मुकुण्डो लगाएर लाज छोप्ने कुचेष्टा ग¥यो ।

९ वर्षपछि प्रेसको सामना
बाइडेन–मोदी भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको सामना गर्न मोदी बाध्य भए । प्रम मोदीले विगत ९ वर्षमा कहिल्यै पत्रकारको सामना गर्न चाहेनन् र सामना गरेनन् पनि । पत्रकारले मोदीको भाषणकै भरमा समाचार बनाउनुपथ्र्यो । फ्रान्स, डेनमार्क, जर्मनीलगायत विभिन्न देशको भ्रमणमा पत्रकारसँग मोदीको कहिल्यै प्रश्नोत्तर नहुँदा आलोचनाको विषय पनि बनिरहेको थियो ।
यसपटक पनि मोदीले पत्रकार सम्मेलनमा भाग लिन चाहेका थिएनन् । द्विपक्षीय भेटघाटपछि पत्रकार सम्मेलन गर्ने प्रचलनअनुसार नै सो परिस्थिति बनेको थियो । तर, सम्मेलनमा बाइडेन र मोदीलाई दुई–दुई वटा मात्र प्रश्न सोध्न पाइने व्यवस्था मिलाइयो । प्रतिप्रश्न गर्न नपाइने सर्त राखिएको उक्त सम्मेलनमा सहभागी पत्रकारबिचको समझदारीअनुसार वालस्ट्रिट जर्नलकी पत्रकार सव्रिना सिद्दिकीले मोदीसामु प्रश्न सोधिन्, “भारत आफूलाई संसारकै सबभन्दा ठूलो लोकतन्त्र मान्छ । मानव अधिकारवादी संस्थाहरू भने धार्मिक अल्पसङ्ख्यकहरूलाई भेदभाव गरिएको, आलोचकहरूको मुख बन्द गरिएको बताउँछन् । तपाईँ ह्वाइट हाउसको पूर्वी कोठामा हुनुहुन्छ जहाँ विश्वका कैयौँ नेताहरूले लोकतन्त्रको पक्षमा सङ्कल्प गरेका छन् । मुस्लिम एवम् अन्य अल्पसङ्ख्यकहरूको रक्षा तथा स्वतन्त्र पत्रकारिताको रक्षाको निम्ति तपाईँ के गर्नुहुन्छ ?”
धार्मिक अल्पसङ्ख्यकमाथिको मोदी सरकारको दमनको विषयमा प्रश्न सोधिएपछि मोदीले लोकतन्त्र भारतको डीएनएमा भएको जवाफ दिए । उनले भने, “लोकतन्त्रमा मानवअधिकार छैन भने प्रजातन्त्र नै होइन, हामी लोकतन्त्र बोकेर हिँड्छौँ । भेदभावको प्रश्न नै उठ्दैन ।” उनले थपे, “भारतमा प्रजातन्त्र छ ¤ भेदभाव र मानव अधिकार हनन हुने भए त भारतमा प्रजातन्त्र नै हुने थिएन ।” प्रश्न सामान्य थियो तर मोदीले पत्रकारको प्रश्नको मर्मलाई बेवास्ता मात्र गरेनन्, बरु विषयवस्तुलाई नै अन्यत्र मोड्न खोजे । मोदीको यो व्यवहारको चौतर्फी आलोचना भइरहेको छ ।
फासीवादी मोदी
निश्चित समुदाय, विचार र आस्थालाई मात्र प्रश्रय दिने र अरूलाई भौतिकरूपमै सफाया गर्ने सिद्धान्त फासीवाद हो । फासीवादी सिद्धान्त लोकतन्त्रविपरीत विचारधारा हो । मोदीले आज भारतमा फासीवादी शासन लादिरहेका छन् । त्यसैले, मोदीलाई ‘पूर्वको हिटलर’ को संज्ञा दिनु मोदीविरुद्धका प्रदर्शनकारीको सही नारा हो ।
हिटलर एक फासीवादी थिए । हिटलर जातिवादी थिए, उनी ‘आर्य रगत शुद्ध रगत’ भन्थे । सन् १९३५ मा जर्मनीमा यहुदी जातिका नागरिकलाई देशको दोस्रो दर्जाका नागरिक बनाउने कानुन लागु गरियो । यहुदीबाट अलग बस्न यहुदीलाई कसरी चिन्ने भन्ने विषयमा विद्यालयका विद्यार्थीलाई पढाउन थालियो । राष्ट्रवादको नाममा समाजमा एउटा असमान सीमारेखा खिचियो । समाजवादी क्रान्तिको बाटोमा अगाडि बढिरहेको सोभियत सङ्घलाई ‘निप इन दि बड’ (कोपिलामै निमोठ्ने) उद्देश्यले फासीवादी हिटलरले आक्रमण ग¥यो । अन्तमा करिब साढे २ करोड सोभियत नागरिकको सहादतबाट फासीवाद पराजित भयो ।
फासीवादले राष्ट्रवादको नारा दिन्छ, मानव अधिकारलाई तिरस्कार गर्छ, विरोधीलाई देशकै शत्रु भन्दै जनतालाई एकताबद्ध पार्छ, सरकारसँग प्रश्न गर्नु भनेको सेनासँग प्रश्न गर्नु हो भनी प्रचार गर्छ, आमसञ्चारमा सत्ताको नियन्त्रण कायम गर्छ । त्यस्तो शासनमा महिलामाथि अपमान हुन्छ, सरकार धार्मिक मामिलामा अल्झिन्छ, ठूला पुँजीपति तथा व्यापारीको भरथेगमा निर्वाचन जितेर तिनकै सेवा गरिन्छ, मजदुर आन्दोलनमाथि दमन हुन्छ, बुद्धिजीवीहरू तिरस्कृत हुन्छन्, भ्रष्टाचारीको बोलवाला हुन्छ, निर्वाचनमा धाँधली हुन्छ । यसकारण, मोदी फासीवादी हो ।
‘गोदी मिडिया’ को प्रचार
‘गोदी मिडिया’ शब्दावलीले मोदी फासीवादलाई उदाङ्गो पारेको छ । मोदीको अमेरिका भ्रमणको दौरानमा पनि ‘गोदी मिडिया’ ले मोदीलाई देवत्वकरण ग¥यो । भारतमा हिन्दू राष्ट्रवादलाई मार्गदर्शक सिद्धान्त मान्ने भारतीय जनता पार्टीको सरकारका प्रधानमन्त्री मोदीले ‘काखमा लिएका’ सञ्चारमाध्यम ‘गोदी मिडिया’ को कोटीमा पर्छन् । जनअधिकारको रक्षा गर्न ‘वाच डग’ हुनुपर्ने मिडिया सत्ताको ‘ल्याप डग’ भएको अर्थमा यो शब्दावली प्रयोगमा आएको हो । आम सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कुरा पुँजीवादी सरकारमा त लागु भएको हुन्न भने फासीवादी सरकारमा त्यो झन् दुर्लभ हुनुमा कुनै आश्चर्य भएन ।
‘गोदी मिडिया’ ले यसपटक पनि अमेरिकाबाट ‘हर हर मोदी’ सहितको भाकामा रिपोर्टिङ गरे । फासीवादको यो चरम उदाहरण हो । भारतको राजधानी नयाँदिल्लीमा किसान आन्दोलनले गति लिइरहेको बेलासमेत ‘आज तक’, ‘जी न्युज’, ‘डीएनए’, ‘इन्डिया टुडे’, ‘रिपब्लिक टीभी’ जस्ता राष्ट्रिय मानिएका टीभी कार्यक्रमहरूमा ‘मोदी शिवभक्तिमा लीन भएको’, ‘मोदीले घण्टी बजाएको’, ‘मोदीले महापूजा गरेको’ जस्ता समाचारले प्राथमिकता पाइरहेको घटनालाई आज जोड्न सकिन्छ । ती सञ्चारमाध्यमका प्रस्तोताहरू आफैँ ‘मोदीको भक्ति’ मा लीन छन्, ‘हर हर मोदी’ को भजन गाउँदै छन् । धर्म निरपेक्षताको खिल्ली उडाउँदै ती सञ्चारमाध्यम प्रम मोदीलाई ‘भोलेनाथका परमभक्त’ भन्दै समाचार प्रसारण गरिरहेका छन् । ‘घरघरमा मोदी’ जस्ता समाचार मुख्य समाचार बन्छन् । समाचार यसरी प्रसारण गरिन्छ, मानौँ मोदी ‘भगवान्’ हुन् ¤ विचरा धर्मान्ध भारतीय नागरिक !
हालै भारतको पूर्वोत्तर राज्य मणिपुरमा जातीय द्वन्द्वले हिंसात्मक रूप लियो, करिब १०० जना मानिस मारिए, ३ सय जति घाइते भए तर मोदीले घटनाप्रति आवश्यक चासो दिएनन् । घटनामै करिब २ सय चर्चमा आगो लगाइयो । मोदीको अमेरिका भ्रमणकै बेला मणिपुर घटनाको विरोधमा वाशिङ्टनमा प्रदर्शन भयो । तर, प्रम मोदी आँखा चिम्लिएरै बसे । ‘गोदी मिडिया’ भने मोदीको महिमामण्डनमै व्यस्त छ । तर, सबै सञ्चारकर्मी चुप लागेका छैनन् । जनउत्तरदायी सञ्चारकमीहरूले मोदी फासीवादसामु प्रश्न तेस्र्याइरहेका छन् । मोदीको अमेरिका भ्रमणमा एक पत्रकारले उठाएको प्रश्न यसैको सिलसिला हो ।
Leave a Reply