कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, १७ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा जनशक्ति विदेशिने क्रम बढेसँगै नेपालमा दक्ष जनशक्तिको अभाव बढ्दो रहेको बताउँदै सरकारले युवाहरूलाई नेपालमै बस्ने वातावरण नबनाएसम्म युवाहरू विदेशिने क्रम चालु रहने उल्लेख गर्नुभयो ।
डिभिजन वन कार्यालय भक्तपुरको आयोजनामा वन पैदावारमा आधारित फर्निसिङ एन्ड फिटिङ दक्ष जनशक्तिका लागि तीन महिने सीप विकास तालिमको आइतबार भएको समापन कार्यक्रममा प्रमुख प्रजापतिले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफूमा मात्र सीमित नराखी व्यवहारिक जीवनमा प्रयोगमा ल्याई देश र समाजको हितमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्घ र प्रदेशले योजना एवम् बजेटको नाउँमा भक्तपुरका जनप्रतिनिधिहरूलाई झुक्याउने कोसिस गरिरहेको उल्लेख गर्दै उहाँले भक्तपुरप्रति सङ्घ र प्रदेश सरकारको पक्षपात र पूर्वाग्रहलाई भनपाका जनप्रतिनिधिहरूले अझ बढी जनताको सेवामा काम गर्ने बताउनुभयो ।
भक्तपुर नपाले विदेशी सहायता र अनुदानलाई भन्दा पनि आत्मनिर्भरतालाई जोड दिई भक्तपुरको विकास गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “बेरोजगारीको समस्या हटाउन यस्ता सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गर्नु आवश्यक छ ।”
भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजालले मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई भक्तपुर नपाले दिँदै आएको अनुदान सराहनीय कदम भएको बताउनुभयो ।
निर्माण कार्यमा प्रयोग हुने काठ अभाव हुँदा विदेशबाट आयात हुने काठ र त्यसको विकल्पमा अन्य वस्तुहरू प्रयोग बढ्दै जानु चिन्ताजनक रहेको चर्चा गर्दै उहाँले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने ढङ्गले सीपमूलक तालिमहरू सञ्चालनमा ल्याइनुपर्ने बताउनुभयो ।
डिभिजन वन कार्यालय भक्तपुरका नि. वन अधिकृत प्रेमप्रसाद सापकोटाले तालिम सञ्चालनले धेरै युवा र महिलाहरू लाभान्वित भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता तालिमहरूलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।
तालिमका व्यवस्थापक राजेन्द्रप्रसाद प्रजापति, वन पैदावार उद्योग महासङ्घ उपत्यका विशेष अध्यक्ष राजकुमार मल्ल, व्यवस्थापक विष्णुभक्त कुसी, वन पैदावार महासङ्घ भक्तपुरका अध्यक्ष अनिल सिवाकोटीले यस्ता सीपमूलक तालिमलाई निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply