कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, असार १७ । भक्तपुर नगरपालिकाको आयोजना तथा स्थानीय स्काउट कार्यालयको संयोजनमा सञ्चालित ५ दिने ६ राते आधारभूत स्काउट मास्टर तालिम भक्तपुर नगरपालिकाका प्रमुख तथा स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले विश्वमा देखिएको खाद्य सङ्कटलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्काउटिङ सीपले न्यूनीकरण गर्न संसारलाई योगदान पु¥याउने बताउँदै जस्तोसुकै सङ्कटको घडीमा देश र समाजको लागि योग्य नागरिक तयार गर्नु नै स्काउटीङको लक्ष्य हो भन्नुभयो ।
उहाँले योजनाविहीन नीतिले युवा विद्यार्थीहरू अध्ययन तथा रोजगारीको नाउँमा विदेश पलायनले देशभित्रका कलेज क्याम्पस बन्द हुने अवस्था आएको बताउँदै भविष्यमा देश र समाजको लागि योग्य तथा स्वयंसेवक जनशक्ति उत्पादनको तयारी स्वरूप विद्यालयमा सञ्चालन हुने स्काउट कक्षाले टेवा पु¥याउने बताउनुभयो ।
स्थानीय स्काउट प्रमुख तथा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देश र समाजप्रति मायाको भावना जगागन ६ वर्षदेखि १० वर्ष उमेरका विद्यार्थीहरूलाई स्काउटीङ उपयोगी भएको बताउँदै इतिहास, मातृभाषा, कलासंस्कृति, अध्ययन गर्ने विद्यार्थीहरूलाई नगरपालिकाले गरेको छात्रवृत्तिको व्यवस्थासम्बन्धी जानकारी दिनुभयो ।
भनपा वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले देशको सङ्कटमा विद्यार्थीलाई देश र समाजप्रति इमानदारीपूर्वक तयारी रहन व्यवहारिकरूपमा स्काउटीङले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगर शिक्षा शाखाका प्रमुख तथा स्थानीय स्काउट सदस्य सचिव कृष्णप्रसाद कर्माचार्यले गुणस्तरीय शिक्षाको लागि स्काउटीङ सहयोगी हुने बताउँदै नगरका विद्यालयमा स्काउट सञ्चालनको लागि निकट भविष्यमा विद्यालयका प्रअ तथा प्रिन्सिपलहरूको अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।
स्थानीय स्काउट संयोजक तथा तालिम संयोजक कृष्णसन्दर प्रजापतिको सभापतित्वमा सम्पन्न भएको तालिममा वाग्मती प्रदेश सदस्य एवम् भक्तपुर जिल्ला समन्वयकर्ता अच्युत प्रजापति, एसिया प्यासिफिकका संयोजक मैया त्वायनाबासु, कोर्स लिडर पवनकुमार बल्ल, रत्नश्वरी चवाल तथा प्रशिक्षार्थीद्वय धु्रवराज खनाल र सलिना बस्नेतले बोल्नु भएको थियो ।
नगरभित्रका विद्यालय शिक्षकहरूको लागि सञ्चालन भएको आधारभूत स्काउट तालिम अन्तर्गत १८६ र १८७ औँ कब बीटीसी तालिममा ३८ जना नगरका शिक्षक तथा १७७ औँ ब्राउनी आउल पीटीसी तालिममा नगरका २४ जना महिला शिक्षक गरी ६२ जना शिक्षकशिक्षिकाको सहभागिता रहेको कब कोर्सलिडर पवनकुमार बल्लले बताउनुभयो ।
वाग्मती प्रदेश सल्लाहकार एवम् पूर्व राष्ट्रिय तालिम आयुक्त भक्त राजभण्डारीले कब ब्राउनीको कथालाई प्रयोगात्मक सीप र अभिनयको माध्यमबाट प्रशिक्षण दिनुभयो ।
शैक्षिक गुणस्तर केन्द्रका निर्देशक नारायणप्रसाद झाले बाल मनोविज्ञान तथा मानवीय व्यवहार तथा एसिया प्यासिफिकका संयोजक मैया त्वायनाबासुले पुरुष र महिला स्काउटको अन्तर्राष्ट्रिय सङ्घ संस्था वायक्स र ओजमको बारेमा प्रशिक्षण दिनुभयो ।
सोही तालिममा स्काउटको चलनचल्तीमा रहेका गाँठाहरू किला पासो, कोइलिङ, ध्रुव गाँठो, विपिङ तथा डक्टरी गाँठोलगायत समूह कार्यको आवश्यकता, स्काउटका विभिन्न व्याच, झन्डा कार्य, स्काउटको राष्ट्रिय अन्तर्राष्ट्रिय संरचना एवम् पाठ्यक्रम तथा विद्यालयमा कब तथा ब्राउनी सञ्चालन नीति तथा कार्यान्वयनसम्बन्धी प्रशिक्षणहरू भएका थिए् ।
तालिममा पवनकुमार बल्ल, रत्नश्वरी चवाल तथा अच्युत प्रजापति कोर्सलिडरको रूपमा र हरिगोविन्द श्रेष्ठ, सोहन रञ्जित, बालकृष्ण बनमाला, रजिता श्रेष्ठ, दिलप्रसाद प्रजापति पुरञ्जली दुवाल, पुष्पा प्रजापति, न्हुज किजू तथा कृष्णसन्दर प्रजापतिले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
Leave a Reply